Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यार्सागुम्बा पाइने ठाउँमा गरिरहेको अध्ययनका क्रममा कर्णाली प्रदेशमा आर्थिक गतिविधि बढेको पाइएको हो । उक्त क्षेत्रमा बैंकिङ कारोवार बढेको वैज्ञानिक रामचन्द्र पौडेलले बताउनुभयो ।

यार्सागुम्बा संकलन गर्ने क्रम बढ्दा केही समाजिक समस्या देखिए पनि आर्थिक उपार्जनका लागि बरदान भएको छ । उहाँ भन्नुहुन्छ, ‘पहिले आर्थिक उपार्जन केही नहुने ठाउँमा पनि अहिले बैंकिङ संस्था धमाधम खुल्दै छन् ।’ विभिन्न अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनमा समेत यार्सागुम्बाले कर्णाली प्रदेशमा ठूलो परिवर्तन आएको देखाएको छ । धेरै जिल्लाका अधिकांश बासिन्दा यार्सागुम्बामाथि आश्रित भए पनि यसअघि यार्सागुम्बासम्बन्धी कुनै पनि अध्ययन भएको थिएन । यार्सागुम्बाको बढ्दो संकलनसँगै नार्कले केही समय पहिलेबाट अध्ययन थालेको हो ।

अहिले यार्सागुम्बाको प्रकार, पाटन खाली हुँदै जानुको कारण, संरक्षणका उपायसँगै आर्थिक र सामाजिक पाटोमा अध्ययन शुरु गरिएको छ । अहिले विभिन्न चरणका छलफल भइरहेको पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यार्सागुम्बाको वास्तविक अवस्था पत्ता लगाउनु र संरक्षणको उपाय खोज्नु हाम्रो उद्देश्य हो ।’ विश्व बजारमा धेरै माग गरिँदै आएको यार्सागुम्बा दार्चुला, बझाङ, डोल्पा, हुम्ला, ताप्लेजुङलगायत जिल्लामा वैशाखदेखि असारसम्म संकलन गरिन्छ ।

तपाईको प्रतिक्रिया