Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म दुई करोड ५० लाख सकिएको छ । विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि ११ करोड ६० लाख ७३ हजार ९०० लाग्ने अनुमान भए पनि करीब सात करोडमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्थानीय बासिन्दा, पुरातत्व विभाग र कामपाबीच कुरा नमिल्दा हालसम्म निर्माण गरिएका सबै संरचना भत्काउने तयारी भएको छ । यस किसिमको तयारीसँगै हालसम्म करीब दुई करोड ५० लाख खेर गएको छ । विसं २०७३ वैशाख १० गतेदेखि वल्र्डवाइड कँडेल केएन केजी जेभीले पुनःनिर्माण शुरु गरेको थियो । कामपाले भने आगामी जेठ १गतेदेखि हालसम्म प्रयोग भएको आधुनिक निर्माण सामग्री हटाई पुनःनिर्माणको काम शुरु गर्ने जनाएको छ ।

जेभिका निर्देशक अर्जुन कँडेलका अनुसार सम्झौतानुसार पहिलो चरणको पर्खाल लगाउने काम सकिएको छ । उहाँले भन्नुभयो, ‘अन्य काम शुरु गर्न नपाउँदै विभिन्न विवादका कारण काम रोकियो । स्थानीय बासिन्दाले भने नागरिकबाट लिइएको कर कामपाले खेर फालेको आरोप लगाएका छन् । दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया