Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – मिश्रित लगानी संयन्त्रसम्बन्धी ब्लेन्डेड फाईनान्स सम्मेलन काठमाडौंमा आज शुरु हुँदैछ ।

राजधानीको एक होटेलमा हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले विहान उद्घाटन गर्नुहुनेछ । सम्मेलनमा व्यवसायीक स्रोत केन्द्र, नीजि क्षेत्र, लगानी बोर्ड तथा नेपालको ठूलो दाृत निकाय विश्व बैंक लगायतको सहभागिता रहनेछ ।

नेपाल जस्तो अति कम विकसित मुलुकमा मिश्रित लगानीको नयाँ अवधारणाले विकासमा सघाउ पुर्‍याउन सक्छ भन्ने उद्देश्य र अपेक्षाका साथ सम्मेलन शुरु हुन लागेको हो । राज्य र नीजि क्षेत्रको पूँजीलाई मिलाई लगानी बढाउने अवधारणा ब्लेन्डेड फाईनान्सको सम्भाव्यता, लगायत बिषयमा छलफल हुन लागेको हो ।

संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोषको छनौटमा परेका नेपाल लगायत बंगलादेश, सेनेगल, तान्जेनिया र युगान्डामा ब्लेन्डेड फाईनान्सको सम्भाव्यता सम्बन्धी बृहत्त अध्ययन हुँदैछ ।

तपाईको प्रतिक्रिया