Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – सीमा प्रहरी चौकी इनर्वा वीरगन्जका प्रहरीले सहकर्मीलाई कुटेको विरोधमा ट्याङकर चालकले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् ।

ना ३ ख ९६३९ नम्बरका ट्यांकर चालक चितवनका सन्तोष प्रसाईलाई सीमा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक बिनोद मल्लिक सहितले हिजो साँझ नेपाल भारत सीमामा कुटपिट गरेको भन्दै ट्यांकर चालक संघले ढुवानी ढप्प पारेको हो । चालकले आज बिहानैबाट रक्सौलस्थित इण्डियन आयल कर्पोरेशन र भारतको बरौनीबाट इन्धन ढुवानी गरेका छैनन् । संघमा आवद्ध ३ सय चालकले ढुवानी बन्द गरेको भन्दै घटनाको छानविन गरी दोषीलाई कारबाही नगरेसम्म जारी रहने संघका केन्द्रीय अध्यक्ष बिनोद मानन्धरले बताउनुभयो ।

चालक प्रसाईले आफू हिजो साझ आइओसीको रक्सौल डिपोमा ढिला भएर इन्धन नपाएपछि खाली ट्यांकर लिएर फर्किदा सीमामा प्रहरीले दुव्र्यवार र कुटपिट गरेको बताउनु भएको छ ।  जिल्ला प्रहरीका प्रवक्ता डिएसपि राजन लिम्बुले भने ट्यांकर चालकले दाबी गरे जस्तो कुटपिट नभएको जिकिर गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया