Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार नयाँदिल्ली आएका राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको अस्पताल बसाइ लम्बिएको छ । यही कारण यसअघि तय भएको उहाँको राजनीतिक भेटघाट स्थगित गरिएको छ ।

नेता ठाकुरको शुक्रबार गुडगावस्थित मेदान्त अस्पतालमा एन्जियोग्राफी गरिएको राजपा महासचिव तथा सांसद चन्दा चौधरीले जानकारी दिनुभयो । बुधबार नियमित स्वास्थ्य परीक्षण गराएका ठाकुरलाई चिकित्सकले मुटुको भल्बमा अवरोध रहेको आशंका गर्दै तत्काल एन्जियोग्राफी गर्नुपर्ने सल्लाह दिएका थिए । एन्जियोग्राफी गर्नुअघि चिकित्सकले एक दिन मात्र अस्पताल बस्नुपर्ने बताए पनि शारीरिक कमजोरी र पिसाबमा समस्या देखिएपछि उनको अस्पताल बसाइ लम्बिएको हो । चौधरीका अनुसार सफल एन्जियोग्राफीपछि उनलाई सघन उपचार कक्षमा राखिएको छ ।

चिकित्सकका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । उनी अझै दुई दिन अस्पताल रहने छन् । ७ वर्षअघि ठाकुरको मुटुमा पेस मेकर जडान गरिएको थियो । चिकित्सकले प्रत्येक ६–६ महिनामा फलोअपका लागि आउन भने पनि राजनीतिक व्यस्तताले ७६ वर्षीय ठाकुरले आवश्यक ‘फलोअप’ गरेका थिएनन् । मेदान्तमा परीक्षणपछि राजनीतिक भेटघाट गर्ने ठाकुरको तयारी थियो । अस्पताल बसाइ लम्बिएकाले ठाकुरकै सल्लाहमा भेटघाट स्थगित गरिएको सांसद चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया