Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – विशेषगरी तराईमा गर्मीयामसँगसँगै लामखुट्टेको हैरानी पनि सुरु हुन्छ । वरपर लामखुट्टेको आवाज सुनेमा मानिस इरिटेड हुन थाल्छन् । यसको टोकाइले पनि मानिसलाई पीडा दिने गर्छ । लामखुट्टेको टोकाइले पीडा मात्र नभएर खतरनाक रोग पनि लाग्ने गर्छ ।

यसको टोकाइ खतरनाक हुनुको कारण हो, ब्याक्टेरिया, भाइरस र प्यारासाइट्स, जसले मनिसलाई बिरामी बनाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार लामखुट्टेकै टोकाइबाट संसारमा प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गर्छ ।

यसरी मृत्यु हुनेमा अधिकांश मलेरियाबाट ग्रसित हुन्छन् । मलेरिया माात्र नभएर लामखुट्टेको टोकाइले अन्य पनि खतरनाक रोग जन्माउँछ । यी हुन् लामखुट्टेको टोकाइबाट लाग्ने रोग :

१. मलेरिया

प्यारासाइट प्लासमोडियमको कारण मलेरिया लाग्ने गर्छ । संक्रमित एनोफेलिज लामखुट्टेले टोकेपछि मलेरिया फैलने गर्छ । यो समस्याले पहिला कलेजोमा प्रभाव पार्न थाल्छ । प्यारासाइट्सले बिस्तारै कलेजोको आकार बढाउँदै लैजान्छ र राता रक्तकोषिकामा प्रभावित पार्छ । टाउको दुख्ने, बान्ता हुने यस रोगका विशेष लक्षण हुन् । समयमै उपचार गर्न नसकेमा मलेरियाले ज्यानै लिने गर्छ ।

२. डेंगु फिभर

डेंगु भाइरस एडिज इजिप्टी प्रजातिको लामखुट्टेबाट फैलने गर्छ । केही हदसम्म ए–अल्बोपिक्टसका माध्यमबाट पनि लाग्ने गर्छ । डेंगु फिभरले उच्च ज्वरो, टाउको मांसपेशी र हाडमा दुख्ने गर्छ । कहिलेकाहीँ नाक र मुखबाट हल्का रगत बग्न पनि सक्छ । यो रोग लागेपछि मानिसलाई यति साह्रो पीडा हुन्छ कि दुखाइले हड्डी नै खिइने गर्छ ।

३. चिकनगुनिया

चिकनगुनिया पनि लामखुट्टेको टोकाइबाट फैलने रोग हो । यसले शरीरका सम्पूर्ण जोर्नीमा प्रभाव पार्ने गर्छ, जसले स्वास्थ्यलाई निकै हानि गर्छ । बिरामी एडिज एजिप्टी र एडिज अबलेपिक्टसजस्ता भाइरस संक्रमित लामखुट्टेको टोकाइबाट चिकनगुनिया लाग्ने गर्छ । यसले जोर्नी, मांसपेशी र टाउको दुखाउने गर्छ । यसको विशेष उपचार भने छैन । यसको लक्षणबाट टाढा हुन र आरामका लागि झोलिलो पदार्थ सेवन गर्नुपर्ने हुन्छ ।

४. जिका फिभर

एडिज प्रजातिको लामखुट्टेले टोकेपछि जिका फिभरको समस्या हुने गर्छ । यसका लक्षण भने सामान्य हुन्छ । यसको संक्रमणबाट ज्वाइन्ट मसल्स पेनको समस्या हुन्छ । यसको कारण हाड पनि दुख्न सक्छ ।

५. लिम्फेटिक फिलेरियासिस

लिम्फेटिक फिलेरियासिस बुक्विरिया बेनक्राफी, ब्रुइया मलयी, ब्रुइया टिमोरीजस्ता परजीविका कारण लाग्ने गर्छ । जुन सबै प्रजातिका लामखुट्टेको टोकाइबाट मानिसमा फैलने गर्छ । यसले लिम्फेटिक सिस्टममा असर पार्छ । यसको कारण सुन्निने समस्या पनि हुन्छ । लिम्फेटिक ड्यामेजका कारण लगातार यस्तो संक्रमण भइरहन्छ ।

६. जापानी इन्सेफ्लाइटिस

जापानी इन्सेफ्लाइटिस एक प्रकारको भाइरस हो । जुन लामखुट्टेको टोकाइबाट फैलने गर्छ । यसको कारण मस्तिष्क सुन्निन थाल्छ । यसले केन्द्रीय तन्त्रमा असर पार्छ । र, गम्भीर जटिलता उत्पन्न गराउँछ । यसले लामो समय मस्तिष्क पक्षघातको समस्या गराउँछ र मानिसको मृत्यु हुन्छ । इन्सेफ्लाइटिस भाइरस संक्रमित लामखुट्टेले टोकेपछि जापानी इन्सेफ्लाइटिस हुने गर्छ ।

तपाईको प्रतिक्रिया