Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

धनगढी – डडेल्धुराको पर्शुराम नगरपालिकाकी २५ वर्षीया लक्ष्मी महरालाई गत असोजमा अचानक ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखापर्यो । सहनै नसक्ने भएपछि उनले नजिकको स्वास्थ्य चौकी पुगेर सामान्य औषधि लगेर सेवन गरिन् । केही समय ठिक त भयो तर पुनः उही समस्या बल्झियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्य चौकीको औषधिले कुनै काम नगरेपछि लक्ष्मीका श्रीमान् जनक महराले भारतको बरेलीस्थित निजी अस्पतालमा लगेर चेकजाँच गराए । त्यसपछि पो थाहा भयो- लक्ष्मीलाई त ‘स्क्रब टाइफस’ भएको रहेछ । आर्थिक अवस्था नाजुक भएका जनकले श्रीमतीको उपचार भारतमा गर्न नसकेपछि गत पुसमा सेती अञ्चल अस्पतालमा ल्याएर उपचार गराइरहेका छन् । टाइफसका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएकी लक्ष्मीलाई ४५ दिन अस्पतालको आइसियू कक्षमा राखिएको छ ।

‘आइसियूमा राख्न सक्ने पैसा नभएपछि ४५ दिनपछि मेडिकल वार्डमा राखिएको छ,’ उनले भने, ‘पैसा अभावकै कारण श्रीमतीको उपचार गराउन सकिएको छैन ।’ आइतबार दिउँसो अस्पताल पुग्दा नर्सहरू उनलाई स्याहारिरहेका थि ए। लक्ष्मीको स्वास्थ्य अवस्था नाजुक रहेको उनीहरू कुराकानीबाट बुझ्न सकिन्थ्यो। लक्ष्मीको घाँटीमा अहिले समस्या देखिएको छ ।

लामो समयदेखि भारत तथा नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा परिवारसँग भएको रकम सकिएको श्रीमान् जनक बताउँछन् । यसैबीच, लक्ष्मीको उपचारमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले आइतबार ९ हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरेको संघका कैलाली उपाध्यक्ष प्रेमकला सोवले बताइन् ।

तपाईको प्रतिक्रिया