Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले प्रदेशमा पनि छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गर्नुपर्ने बताउनुभएकसो छ । आगामी आर्थिक वर्षका लागि कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सात वटै प्रदेशका मन्त्री तथा सचिवहरुसँगको छलफल कार्यक्रममा राज्यमन्त्री अर्यालले प्रदेश स्वास्थ्य मन्त्रालय बनाउनुपर्ने बताउनुभएको हो ।

जनस्वास्थ्यका क्षेत्रमा विगतका उपलब्धिलाई यथावत् राख्दै नयाँ उपलब्धि हासिल गर्न र उपचारको संवैधानिक अधिकारको रक्षाका लागि प्रदेशमा पनि छुट्टै स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘स्वास्थ्य निकै संवेदनशील क्षेत्र भएकाले यसलाई सामाजिक विकास मन्त्रालय अन्तर्गत राखेर ओझेलमा पार्नु हुँदैन’, उहाँले भन्नुभयो, ‘यदि यसलाई छुट्टै मन्त्रालय बनाएर गइएन भने स्वास्थ्यमा ठूलो क्षति हुने खतरा छ ।’

कार्यक्रममा उहाँले तीन वटै तहका सरकारले संविधानले दिएको अधिकार अनुसार आपसमा सहकार्य गरेर काम अगाडि बढाउनुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा ७ वटै प्रदेशका सामाजिक विकास मन्त्री, सचिव र कर्मचारीहरु सहभागी छन् । छलफल भोलिसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया