Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – बेलुकाको खाना चाँडै खानुपर्छ । खाना खानेबित्तिकै सत्नुहुँदैन । खाना खाएको २ घन्टापछि मात्र सुत्नुपर्छ । खाना खानेबित्तिकै सुत्ने बानीले मोटोपन बढाउँछ । थोरै खाने, दिनमा तीन–चारपल्ट खाने बानी राम्रो हो । सधैँ नियमित रूपले खाना खानुपर्छ ।

तौल घटाउन व्यायाम गर्नुपर्दछ । बिहान सबेरै हिँड्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित नुहाउनुपर्छ । यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउँछ । योगासन र प्राणायमबाट पनि तौल घटाउन सकिन्छ ।

जंकफुड र गुलियो खानेकुराले मोटोपन बढाउँछ । भोक लागेका वेला कम क्यालोरी दिने खानेकुराहरू गाँजर, काँक्रो, कागतीको सर्बत आदि खानुपर्छ ।

मोटोपन घटाउने बहानामा खाना खान कम गर्नु राम्रो होइन । यसबाट हाम्रो शरीरमा नराम्रा असर देखा पर्दछन् । उसिनेको खानेकुरा मात्र खानुपर्छ भन्ने गलत धारणा पनि राख्नुहुँदैन ।

नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ । आत्मबलले अनुचित इच्छा वा लतलाई दबाउनुपर्छ । तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याको सजिलै निराकरण गर्न सकिन्छ । प्रशस्त पानी पिउनुपर्छ ।

तपाईको प्रतिक्रिया