Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – पछिल्लो समय प्रायः महिलामा सेतो पानी बग्ने समस्या देखिन थालेको छ । सानै उमेरका महिलामा पनि यस्तो समस्या देखिन थालेको छ । विशेष गरी अस्वस्थकर जीवनशैली र खानपानका कारण यस्तो समस्या बढेको हो । सेतो पानी बग्नेको सामान्य र जटिल अवस्था हुन्छ :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सामान्य अवस्था

कहिलेकाहीँ कारणविनै सेतो पानी बग्ने गर्छ । त्यसलाई त्यति धेरै जटिल मानिँदैन । कसैलाई इन्फेक्सनका कारणले यस्तो प्रकृतिको पानी बग्ने गर्छ । त्यस्तै, दूध चुसाउने आमाको पनि सेतो पानी बग्न सक्छ । यसलाई सामान्य अवस्थाको रूपमा लिइन्छ ।

परिवार नियोजनका विभिन्न साधन प्रयोग गर्नेहरूमा पनि सेतो पानी बग्ने समस्या हुन्छ । त्यसैले यस्ता साधनको प्रयोगमा सावधानी अपनाउन जरुरी हुन्छ । यद्यपि, यसरी उत्पन्न भएको समस्यालाई त्यति धेरै गम्भीर रूपमा चाहिँ लिनुपर्दैन ।

महिनावारी भएको केही समयअघि र पछि सेतो पानी बग्ने हुन सक्छ । महिनावारी भएको १५ दिनपछि यस्तो क्रम बढ्दै जान्छ र महिनावारीपछि रोकिने हुन्छ । सलाई सामान्य अवस्थाको रूपमा लिइन्छ ।

जटिल अवस्था

सेतो पानी बग्ने समस्याले कहिलेकाहीँ जटिल रूप लिन सक्छ । बाह्रै महिना पानी बगिरहने समस्या छ भने यसलाई जटिल रूपमा लिनुपर्छ । यस्तो अवस्थामा चिकित्सककहाँ पुग्नका लागि ढिला गर्नुहुँदैन ।

यौनअंगको सरसफाइपश्चात् पनि नराम्रो गन्ध आउने, चिलाउनेजस्ता समस्या देखिएमा सजग हुनुपर्छ । यस्तो अवस्थामा पहेँलो कलरको, रगत मिसिएजस्तो र दहीजस्तो बाक्लो पानी आउने गरेमा तत्काल जाँच गरी समाधानको उपाय खेज्नतर्फ लाग्नुपर्छ । कहिलेकाहीँ ढिक्का–ढिक्का पानी बग्ने गर्छ । जुन इन्फेक्सनका कारण पनि हुन सक्छ ।

के गर्ने ?

यस्ता असामान्य लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गर्नुको विकल्प हुँदैन ।

यस्ता समस्या भएका महिलाले खानामा विशेष ध्यान दिनुपर्छ । जंकफुडको प्रयोग र अव्यवस्थित जीवनशैलीका कारण पनि यस्तो समस्या बढ्न सक्छ ।

हरेक महिलाको सेतो पानी बग्ने गर्छ । तर, असामान्य लक्षण देखिएमा इन्फेक्सन भएको हुन सक्छ । यसले जटिल रूप पनि लिन सक्छ ।

यस्ता महिलामा पाठेघरमा समस्या, बच्चा नहुनेलगायत जटिलता देखिन सक्ने भएकाले समयमै उपचार गर्न जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया