Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आज हुने भएको छ ।

रसुवागढी कम्पनीका प्रमुख माधव कोइरालाले आज कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई साधारण शेयर एकै पटक बाँडफाँट गर्ने तयारी भएको जानकारी दिनुभयो ।

दुवै कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई शेयर बिक्री गरेका थिए । सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन म्याद थियो । यस्तै संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि गत चैत ५ देखि १३ गतेसम्म आवेदन दिने समयावधि तोकिएको थियो ।

दुवै कम्पनीको साधारण शेयरमा कूल मागको तुलनामा ६ गुणा बढी आवेदन परेको छ । दुवै कम्पनीमा सञ्चयकर्ताका लागि दुई अर्ब चार करोड ५९ लाख ५९ हजार ५ सय बराबरको दुई करोड चार लाख ५९ हजार ५ सय ९५ कित्ता शेयर छुट्याइएको थियो ।

ती आवेदनबाट ११ अर्ब संकलन भएको छ ।

तपाईको प्रतिक्रिया