Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको तर्फबाट देशको वर्तमान आर्थिक अवस्था र भविष्यमा चालिनुपर्ने कदमसहितको श्वेतपत्र संघीय संसदमा प्रस्तुत गर्नुभएको छ । प्रतिनिधि सभामा सरकारको श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले देशको आर्थिक अवस्था अत्यन्तै जटिल मोडमा रहेकोतर्फ सचेत गराउनुभयो ।

‘उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रममा होडबाजी देखिएको छ । बजेट अनुशासन उलंघन हुँदा सरकारी ढुकुटी करिब रित्तो अवस्थामा छ’, श्वेतपत्र जारी गर्दै उहाँले भन्नुभयो, ‘बजेटको मनपरी परिचालन गरिँदा अर्थतन्त्र असन्तुलित भएको छ । स्थापित प्रणाली र मान्यताविपरित कतिपय कर छुट दिइएको छ । जसले गर्दा हाम्रो आर्थिक प्रणाली जटिल मोडमा पुगेको छ ।’ गैर बजेटरी खर्च बढेको, बैदेशिक सहायता बढ्दोसँगै विप्रेषण आप्रवाह घट्दो क्रममा रहेको उत्पादन मुलक क्षेत्रमा पुँजी परिचालन हुन नसकेको र विकास आयोजनाको प्रगति कमजोर भएको खतिवडाले संसदमा बताउनुभयो ।

उप्पादनमुलुक भन्दा वितरणमुखी बजेट निर्माणमा प्रतिस्पर्धा भनेको भन्दै गलत तबरले कर छुट दिँदा अर्थ प्रणाली कमजोर भएको बताउनुभयो । आन्तरिक आयको ९० प्रतिशत उपभोगमा खर्च भएको जानकारी दिँदै उत्पादनलागि कच्चा पदार्थको आयात गर्दा उत्पादन लागत बढेको खतिवडाको भनाई थियो । चालु खर्च बढ्दो क्रममा रहेकाले राजश्वले चालु खर्च धान्ने नसक्ने अवस्था आएको छ । पुँजीगत खर्चको आकार सानो रहेको र लक्ष्य बमोजिमको खर्च हुन नसकेको खतिवडाले संसदलाई जानकारी गराउनुभयो । दक्षिण सिमानाकामा भएको नाका बन्दिले गत वर्षको आर्थिक वृद्धिदर कम भएको हुनुको साथैं सरकारी खर्च साना साना काममा भईरहेकाले मुलुकले अपेक्षा गरे अनुरुप आर्थिक विकास हुन् नसकेको उहाँले बताउनुभएको छ ।

यस्तै उद्योगको प्ररिस्पर्धि क्षमता बढ्न सकेको छैन सार्वजनिक लगानी भन्दा व्यक्तिगत लगानीका साना उद्योग भएकाले देशको आर्थिक विकास हुन् नसकेको उहाँको भनाई थियो । श्रमबजारमा प्रत्येक वर्ष ५ लाख नयाँ मानिस थपिदा स्किल भएका जनशक्ति उत्पादन गर्नु चुनौती पूर्ण छ । कमजोर भौतिक पुर्वाधार भएकाले पनि कामको अवसर सिर्जना गर्ने चुनौती छ। निजी क्षेत्रको कमजोर क्षमता, विकास निर्माणमा मौलाएको दण्डहीनता र वित्तीय सेवाको कमजोर पहुँचले पनि अर्थतन्त्रको विकास हुन् नसकेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया