Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – पाचन प्रक्रियालाई चुस्त बनाउन एसिडको महत्वपूर्ण भूमिका हुन्छ । तर, यस्तो एसिड आवश्यकताभन्दा बढी भएमा एसिडिटीको समस्या हुन थाल्छ । बदलिँदो जीवनशैलीसँगै धेरै मानिसमा यस्तो समस्या देखिन थालेको छ ।

लामो समयसम्म एसिडिटीको समस्या भएमा यसले गम्भीर रूप धारण गर्न थाल्छ ।

लामो समयसम्म एसिडिटी भएमा पेटमा असर पुग्छ । यस्तो भएमा पेप्टिक अल्सरको सम्भावना बढेर जान्छ ।

नियमित एसिडिटीको समस्या भएमा शरीरमा क्यान्सर सेल्सको निर्माण हुन थाल्छ ।

जसका कारण एसोफेगस क्यान्सर हुने सम्भावनासमेत बढेर जान्छ ।

एसिडिटीको समस्याले फुड पाइपको टिस्यु ड्यामेज गर्न थाल्छ ।

जसले थ्रोट इन्फेक्सनको खतरा बढाउँछ । यसकारण खाना निल्ने समय घाँटी दुख्ने, पटक–पटक खोकी, बान्ता हुनेलगायतका समस्या हुने गर्छ ।

तपाईको प्रतिक्रिया