Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडाैं – जुत्ता तथा चप्पल किन्न चाहनेका लागि अहिले काठमाडौंको भृकुटीमण्डपमा मेला लागि रहेको छ । फुटवेयर मेनुफेक्चरर्स एसोसिएसन र नेपाली जुत्ता घरको आयोजनामा फुटवेयर बिजनेस एक्स्पो २०७४ भइरहेको हो ।

मेलामा २४ ब्राण्डका जुत्ताचप्पल तथा छालाजन्य उत्पादन रहेका छन् । मेलामा व्यवसायीले ठूलो मात्रामा छुट दिएर जुत्ता तथा चप्पल उपलब्ध गराएका छन् । उनीहरुले सोलको मूल्यमा जुत्ता भन्ने नारा नै तय गरेका छन् । मेलामा १०० देखि १०, ००० मूल्यसम्मका जुत्ता रहेका छन् । चैत १ गतेदेखि सुरु भएको मेला चैत २५ गतेसम्म चल्ने छ ।

अहिलेसम्म एक लाख भन्दा बढी अवलोकन कर्ताले मेला अवलोकन गरेको नेपाली जुत्ताघरका अध्यक्ष होम उपाध्यायले बताउनुभयाे । नेपाली बस्तु प्रयोगको बानी बसाल्नका लागि मेलाले सहयोग गरेको उहाँको भनाई छ । मेलामा २४ ब्राण्डका १४० स्टल रहेका छन् । दैनिक २ देखि ३ हजार जोर जुत्ता तथा चप्पल बिक्री हुने गरेको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया