Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – विश्व क्षयरोग विरुद्धको दिवस शनिबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनको आह्वानमा रहेक वर्ष मार्च २४ का दिन क्षयरोगका बारेमा जनचेतना फैलाउने र यस विरुद्ध एकजुट हुने उद्देश्यका साथ विश्व क्षयरोग विरुद्धको दिवस मनाउने गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दिवसको अवसरमा यस वर्षको नारा आवश्यकता : क्षयरोग मुक्त विश्वका लागि नेतृत्व तय गरिएको छ । नेतृत्व राजनीतिक तहमा मात्रै नभएर सर्वसाधारणको स्तरमा पनि विकास हुन सकेमा क्षयरोगलाई जित्न सकिने भएकाले यो नारा तय गरिएको डब्लुएचओले जनाएको छ । सन् १८८२ मा डा. रोबर्ट कोचले टिबी लाग्ने ब्याक्टेरिया पत्ता लगाएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।

पछिल्लो दशकमा टिबी विरुद्धको अभियानमा महत्वपूर्ण सफलता पाए पनि अहिले पनि विश्वमा हरेक दिन टिबीकै कारण ४ हजार पाँच सय भन्दा बढीको ज्यान जाने गरेको डब्लुएचओले जनाएको छ । यो विश्वमा संक्रमणका कारण हुने मृत्यु मध्ये टिबी प्रमुख बनेको छ । टिबीका कारण सन् २०१६ मा विश्वमा १८ लाख मानिसको ज्यान गएको थियो भने एक करोड ४ लाख नयाँ बिरामी भेटिएका थिए ।

२८ हजार क्षयरोगी उपचारको दायराबाट बाहिर
नेपालमा अझै २८ हजार क्षयरोगी उपचारको दायराबाट बाहिर रहेको एक तथ्याङ्कले देखाएको छ । नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिए पनि तीमध्ये १३ हजार उपचारको दायरामा नआउने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले जनाएको छ ।

केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले भने, “नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरोगका बिरामी छन् तर गत आर्थिक वर्ष २०७३र०७४ मा ३१ हजार ७६४ जना क्षयरोगका बिरामी पत्ता लागी राष्ट्रिय क्षयरोगको कार्यक्रमको नीतिअनुसार उपचारमा रहेका छन् ।” नेपालमा क्षयरोगका चार हजार ३२१ उपचार केन्द्र, ९६ शहरी डट्स केन्द्र, ६०४ रोग निदान केन्द्र, २७ जीन एक्सपर्ट केन्द्र र दुई राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत क्षयरोगको सेवा प्रदान गरिएको जानकारी डा. केसीले दिनुभयाे । ।

क्षयरोगीको संख्या यकिन गर्न क्षयरोगको प्रारम्भिक सर्वे भइरहेको जानकारी दिँदै डा। केसीले ५५ जिल्लाका ९९ क्लस्टरका करीब ५७ हजारको घरदैलोमा प्रत्यक्ष पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको विधिद्वारा गरिने सर्वेले क्षयरोगको वास्तविक अवस्था पत्ता लाग्ने बताउनुभयाे ।

तपाईको प्रतिक्रिया