Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अल अन्सारी एक्स्चेन्ज कुवेतबाट पनि सुरु भएको छ । सो सेवा अल अन्सारी एक्सचेन्ज कुवेतको क्यास एक्सप्रेस वर्ल्डवाइडमार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै रकम पठाउन सकिने छ । अल अन्सारी एक्सचेन्जको नौ रेमिटान्स सेन्टरहरुबाट नेपालमा सिधै नगद पठाउन सकिने छ । त्यसरी पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफर को ५५०० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सकिने छ । अल अन्सारी एक्सचेन्जका उच्च व्यबस्थापन पक्षले सिटी एक्सप्रेससंग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी यक्त गर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेस संग नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिनु भयो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा छट्टै पहिचान बनाउदै बिगत ११ वर्ष देखि बिश्वभरी आफ्नो रेमिट एजेन्टहरुबाट ५५०० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया