Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – चैतको आगमनसँगै गर्मीमहिना सरु भइसेको छ । गर्मीमा मानिसको शरीरलाई स्वास्थ राख्‍न एकदमै जरुरी रहन्छ र यसको लागि खानपिनलाई ध्‍यान दिनुपर्ने हुन्छ । काक्रा स्वास्थ्यको लागि निक्‍कै लाभदायी हुन्छ । यसले मानिसलाई खुशी राख्‍नुको साथसाथै सौदर्यता समेत प्रदान गर्दछ। कम फ्‍याट र क्‍यालोरीले भरिपूर्ण काक्राले धेरै रोग लाग्‍नबाट बचाउँछ ।

काक्रालाई विभिन्‍न तरिकाले प्रयोग गर्न सकिन्छ ।
१. काक्रालाई सलाद, जुस, स्‍याण्डवीच वा त्‍यत्तिकै नुन छर्किएर समेत खान सकिन्छ ।
२. काक्रामा भिटामिन ए, बी१ बी ६ सी, डी पोटासियम, फस्फोरस, आयरन आदि प्रचुर मात्रामा पाइन्छ ।

आयुर्वेदिकका अनुसार खिरा, रक्त लगायतका रोग निको बनाउनुका साथै रक्त विकार तथा मूत्रलाई सफा बनाउने काम गर्दछ । काक्राको प्रयोगले पेट र गिजाको दुखाइ कम गर्दछ । यदि मुखमा घाउ आएमा काक्राको टुक्रा राखेमा घाउँमा रहेको जीवाणु विस्तारै मरेर जान्छ र घाउँ निको हुन्छ ।

यस्तै काक्राको सब्जी बनाएर समेत खान सकिन्छ । यसमा कोलेस्ट्रोल नभएकाले यसले हृदयघातको रोगीलाई स्वस्थ र लाभकारी बनाइ राख्छ । एक अध्‍ययनका अनुसार काक्रामा स्टेरराला नामक यौगिक रहेको हुन्छ जसले कोलेस्ट्रोललाई कम गर्नमा मद्दत गर्दछ ।

तपाईको प्रतिक्रिया