Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – सबैले छालाको सुरक्षा चाहन्छन् । छालाबाहिर देखिने भएकाले पनि यसको स्याहार गर्नु महत्वपूर्ण हुन्छ । छालालाई स्वस्थ र सुन्दर राख्न रातमा यस्ता गतिविधि गर्न सक्नुहुन्छ :

यही हामीले रातमा मेकअप हटाएनौँ भने छालामा निकै ठूलो समस्या देखिन सक्छ । त्यसैले सुत्नुअघि छालाको कुनाकुनामा लागेको मेकअपसमेत राम्रोसँग हटाउन जरुरी हुन्छ ।

यसरी मेकअप नहटाउँदा एकातर्फ छालामा दीर्घकालीन असर पर्न सक्छ भने अर्कोतर्फ इन्फेक्सन हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

छालाको सुरक्षाका लागि मेकअप हटाएर मात्र पुग्दैन । मेकअप हटाएपछि राम्रोसँग सफा गर्न पनि जरुरी हुन्छ । जसका लागि राम्रो खालको फेस क्लिन्जर प्रयोग गर्न सक्नुहुन्छ । यतिसम्म कि रौँका जराजरामा बसेका फोहोर पनि राम्रोसँग सफा गर्न जरुरी हुन्छ ।

एउटा राम्रो नाइट क्रिम ब्युटी किट बन्न सक्छ । रातको समय नाइट क्रिमको प्रयोग गर्दा यसले छालालाई हाइड्रेट राख्ने काम गर्छ । यस्तो क्रिमले स्किन सेललाई पनि रिपेयर गर्न सहयोग पु-याउँछ ।

आँखाभन्दा मुनिको छाला शरीरको सबैभन्दा पातलो अंग हो, जसलाई अन्डर आई पनि भनिन्छ । यसको विशेष सुरक्षा गर्न आवश्यक हुन्छ । यसका लागि अन्डर आई क्रिमको पनि प्रयोग गर्न सक्नुहुन्छ । जसले आँखामुनि कालो घेरा बस्ने र सुन्निने समस्याबाट टाढा राख्छ ।

छालाको चमकलाई टिकाइराख्न पूर्ण निद्राको जरुरी हुन्छ । यसका लागि सातदेखि आठ घन्टासम्म सुन्नुपर्छ । यसरी सुत्दा अर्को दिनका लागि छाला पुनर्जीवित हुने गर्छ ।

तपाईको प्रतिक्रिया