Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – गतमा सेतो रक्तकोशिका हुने गर्छ जसलाई ल्युकोसाइट्स पनि भनिन्छ । यस्तो कोशिका मुख्यतया पाँच प्रकारका हुन्छन् । यो नियमित बन्ने र नष्ट हुने गर्छ । सेतो रक्तकोशिकाले रगतलाई जम्न दिँदैन र शरीरमा एन्टिबडिजको निर्माण गरी रोगको जीवाणुलाई नष्ट गर्ने काम गर्छ ।

यसका साथै यसले विभिन्न संक्रमणबाट पनि टाढा राख्ने काम गर्छ । एक स्वस्थ व्यक्तिमा सेतो रक्त कोशिकाको संख्या चार हजारदेखि ११ हजार प्रतिमाइक्रोलिटरसम्म हुन्छ । यी हुन् सेतो रक्तकोशिका बढाउने घरेलु उपाय :

भिटामिन ई
सेतो रक्तकोशिका बढाउनका लागि भिटामिन ई सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसले प्रतिरक्षा र एन्टिअक्सिडेन्टको स्तरलाई पनि वृद्धि गराउँछ ।

त्यस्तै, यसले क्यान्सरका कोशिका र घातक जीवाणु नष्ट गर्ने कोशिकाको उत्पादनमा पनि सहयोगी भूमिका खेल्छ । त्यसैले, प्रौढ अवस्थामा अझ बढी भिटामिन ईको प्रयोग गर्नु पर्छ ।

भिटामिन सी 
भिटामिन सीले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ जुन विभिन्न फलफूलबाट प्राप्त गर्न सकिन्छ । जस्तै– कागती, सुन्तला, जुनार आदि ।

शरीरमा भिटामिन सीको मात्रा बढाउन औषधि प्रयोग पनि गर्न सकिन्छ । यस्तो भिटामिनले सेतो रक्तकोशिका बढाउने मात्र नभएर एन्टिबडिजलाई बढाई ब्याक्टेरियासँग लड्ने शक्ति पनि प्रदान गर्छ ।

दही 
दहीबाट भिटामिन डीको मात्रा पाइन्छ । भिटामिन डीले शरीरलाई कैयौँ रोगबाट रक्षा गर्ने काम गर्छ । यसले सेतो रक्तकोशिकालाई बढाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।

ब्रो काउली
ब्रो काउलीको माध्ययमबाट पनि शरीरमा सेतो रगतको कोशिकालाई बढाउन सकिन्छ । यसबाट भिटामिन ई र सीलगायत कैयौँ एन्टिअक्सिडेन्ट प्राप्त हुन्छ ।

यस्तो काउली तरकारीका रूपमा प्रयोग गर्न सक्नुहुन्छ । तर, यसलाई बढी पकाउँदा भने पौष्टिक तत्व नष्ट हुने डर हुन्छ । ब्रो काउलीलाई सलादका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

पालकको साग
पालकको सागमा भिटामिन सी, एन्टिअक्सिडेन्ट्स र बिटाक्यारोटिन नामक तत्व हुन्छ । यसको प्रयोगले प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउने काम गर्छ । ब्रो काउलीजस्तै यसलाई पनि कम पकाउनु पर्छ ।

ग्रिन टी
सेतो रक्तकोशिकालाई बढाउनका लागि ग्रिन टीको पनि प्रयोग गर्न सक्नुहुन्छ । यसबाट फ्लोबोनाइड र एन्टिअक्सिडेट्स प्राप्त हुन्छ ।

जसले रक्तकोशिकालाई बढाउने काम गर्छ । यसको प्रयोगले क्यान्सर र मुटुको रोगलाई पनि सुरक्षित गर्न मद्दत पु-याउँछ ।

पर्याप्त निद्रा
पर्याप्त निद्राले तपाईंको मुडलाई ठीक बनाउने काम गर्छ । यसले ऊर्जाको स्तर सही बनाउँनुका साथै विभिन्न समस्याबाट पनि टाढा राख्छ । पर्याप्त निद्राले सेतो रक्तकोशिकालाई दोब्बर बनाउनसमेत मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया