Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – प्रा. डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनेको आमरण अनसन ४ गतेका लागि सार्नुभएको छ । हिजो भएको विमान दुर्घटनामा परी चिकित्सकको पनि निधन भएकाले शोकको घडीमा अनसन स्थगित गरिएको डा. केसीले बताउनुभयो ।

उहाँले माग पूरा नभए ४ गतेदेखि अनसन बस्ने बताउनुभएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै डा. केसीले २९ फागुनदेखि आमरण अनसन बस्ने बताउनुभएको थियो । डा. केसीले सर्वोच्चका न्यायाधीशहरुले नै पराजुलीलाई पद छाड्न दिएको सुझावको स्वागतसमेत गर्नुभएको छ ।

‘यस शोकको घडीमा हामीले आजदेखि सुरु गर्ने भनेको सत्याग्रहको कार्यक्रम स्थगित गरेका छौं’, उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा मागहरु पूरा नभएको खण्डमा आगामी चैत ४ गतेदेखि सत्याग्रहको कार्यक्रम पुनः सुरु गर्ने पनि घोषणा गर्दछौं ।’

तपाईको प्रतिक्रिया