Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

भक्तपुर – भक्तपुर आउने पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा शुरु भएको छ । भक्तपुर पर्यटन विकास समिति र डा इवामुरा अस्पतालबीच आज सोसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतानुसार अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, विषाक्त खानालगायतको आकष्मिक रुपमा आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिनुभयो । रफत सञ्चार क्बलमा पत्रकार सम्मेलन गरी पर्यटन विकास समिति र अस्पतालबीच सम्झौता भएको जानकारी गराइएको हो ।

अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, फुट पोइजन साधारण देखि अन्य रोगको उपचार हुने व्यवस्थापक मारिखुले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरमा आउने पर्यटकका लागि आकस्मीक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इबामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरिएको हो । भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा आउने पर्यटक झन बढ्ने बताउनुभयो ।

उहाँले अब भक्तपुरमा आउने पर्यटक आकस्मिक रुपमा बिरामी भए जुनसुकै समयमा पनि इबामुराले स्वास्थ्य सेवा प्रदान गर्ने बताउनुभयो । झन्डै बार्षिक ३ लाख पर्यटकले भ्रमण गर्ने भक्तपुरमा पर्यटकका लागि आकस्मिक उपचारको ब्यवस्था तर्फ कसैको ध्यान जान नसकेका बेला यस्तो सेवाको सूरुवात गरिएको जानकारी गराईएको थियो ।

तपाईको प्रतिक्रिया