Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

पाँचथर – लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङलगायतको उच्चस्तरीय टोलीले यहाँस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको छलफलमा आयोजनाको काम तीव्ररुपमा अघि बढाउन आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको हो ।

केही समयभित्रै करिब १०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भए पनि प्रसारण लाइनको अभावमा समस्या उत्पन्न भएकाले प्रधिकरणले चासो व्यक्त गरेको हो । उक्त करिडोरको पहिलो खण्डको काम सकिए पनि दोस्रो र तेस्रो खण्डको काम अगाडि बढ्न सकेको छैन । झापाको दमकदेखि पाँचथरको अमरपुरसम्म कूल ९१ किलोमिटर लामो उक्त प्रसारण लाइनको थ्री थुम्का गोदक र गोदक अमरपुर खण्डको काम रोकिँदै आएको छ ।

प्रसारण लाइन निर्माणमा वन क्षेत्रको जग्गा प्रयोग र मुआब्जा वितरणमा स्थानीयवासीले अवरुद्ध गरेपछि आयोजना रोकिँदै आएको हो । जिल्लास्थित सरकारी अधिकारीसँग गरेको छलफलपछि आयोजनाको काम अगाडि बढ्ने विश्वास प्राधिकरणको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजना तत्काल अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई आग्रह गर्नुभयो ।

कार्यकारी निर्देशकको आग्रहपछि अधिकारीले आफ्नो तर्फबाट सरकारको राष्ट्रिय प्राथमिकता प्प्त आयोजनालाई सम्पन्न गर्न सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले स्थानीय प्रशासन र स्थानीयवासीले सहयोग गरे आयोजना तोकिएकै समयमा पूरा हुने विश्वास व्यक्त गर्नुभयो । निर्माण व्यवसायी ज्यागुर एण्ड स्टर जेभीले तोकिएको समयमा काम नगर्दा आयोजनाको म्याद दुई पटक थपिसकेको छ । आयोजनाको कूल लागत रु तीन अर्ब ५८ करोड रहेको छ । –रासस

तपाईको प्रतिक्रिया