काठमाडौं – अमेजानका मालिक जेफ बेजोस सबैभन्दा धनी अर्बपति बनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने २२२ औं स्थानमा धकेलिएका छन् ।
फोर्ब्स म्यागनिजका अनुसार राष्ट्रपति ट्रम्पको सम्पत्ति ३.५ बिलियन डलरबाट घटेर ३.१ बिलियन डलर भएको छ । न्यूयोर्कको सम्पत्तिको मूल्यमा आएको गिरावट र गर्ल्फ कोर्सको आम्दानी घटेका कारण ट्रम्पको सम्पत्ति घटेको बताइएको छ ।
विश्वका अर्बपतिहरुको सूचीमा पहिलो नम्बरमा जेफ बेजोस आएका छन् । उनको सम्पत्ति ११२ बिलियन डलर छ र यो गत वर्षको भन्दा ३९.२ बिलियन बढी हो ।
विश्वका अर्बपतिहरुको सूचीमा २ हजार २०८ अर्बपतिहरु सूचीकृत भएका छन् । नेपालका विनोद चौधरी पनि यो सूचीमा छन् ।