Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – बच्चा जन्माउनुभन्दा उनीहरूको हेरचाह गर्न बढी कष्टदायी हुन्छ । शिशुको स्वास्थ्यमा निकै संवेदनशील हुन जरुरी छ । कतिपय शिशुलाई जन्मँदै जन्डिस लाग्ने गर्छ, जुन अभिभावकले थाहा नपाउन पनि सक्छन् । त्यसैले यस विषयमा जानकार हुन जरुरी छ ।

नवजात शिशुमा जन्डिसको समस्या देखिने गर्छ । यस्तो जन्डिस कसैलाई चाँडो निको हुन्छ भने कसैलाई अलि बढी नै दुःख दिने गर्छ । प्रायः बच्चा जन्मेको दोस्रो वा तेस्रो दिनमै पहेँलोपन देखिन थाल्छ । जुन सामान्य पहेँलोपन हो । तर, जन्मेको २४ घन्टाभित्रै पहेँलोपन देखिएमा भने त्यसलाई असामान्य ठान्नुपर्छ ।

सामान्य किसिमको पहेँलोपन भएका शिशुलाई घरमै उपचार गर्न सकिन्छ । यस्तो अवस्थामा शिशुलाई साबिकभन्दा बढी आमाको दूध खुवाउनुपर्छ । जन्डिस भएको शिशुलाई बिहानको पारिलो घाममा सम्पूर्ण अंग सेकाउन जरुरी हुन्छ ।

यसरी जन्डिस लागेको बच्चामा हत्केला, पैताला, आँखा, पेटका साथै सम्पूर्ण अंगमा पहेँलोपन देखिने गर्छ । यस्तो भएमा शिशुमा रगतसम्बन्धी समस्या हुन्छ । र, रगतमा हेमोग्लोबिनको कमी हुन थाल्छ ।

असामान्य पहेँलोपनकोे उपचार भने अस्पतालमा मात्र गर्न सकिन्छ । जन्डिस भएको शिशुलाई विशेष प्रकारको उपकरणबाट (निलो र सेतो ट्युबलाइट) रापले सेक्नुपर्ने हुन्छ । जुन उपचार पद्धतिलाई फोटोथेरापी भनिन्छ । कतिपय स्थितिमा शिशुको रगत नै फेर्नुपर्ने अवस्था पनि सिर्जना हुन सक्छ ।

तपाईको प्रतिक्रिया