Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आज राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारको निर्वाचन प्रचारप्रसार खर्चको सीमा निर्धारण गरेको हो ।

उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा बढीमा ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । राष्ट्रपति निर्वाचन फागुन २९ गते हुँदैछ । निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतका लागि प्रशिक्षण सञ्चालन गरिसकेको छ ।

यसैबीच, निर्वाचनमा खटिने निर्वाचन अधिकृतहरुलाई प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रपतिको निर्वाचन आफैमा महत्वपूर्ण निर्वाचन भएको र निर्वाचन व्यवस्थापनमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित भएकाले सोही अनृुसार गर्न निर्देशन दिनुभएको छ ।

तपाईको प्रतिक्रिया