काठमाडौं – सुनचाँदीको भाउ बुधबार घटेको छ ।
सुन बुधबार तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ४ सय रुपैयाँ घटेको हो ।
यस्तै चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।