काठमाडौं – राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई १ सय २५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
तत्कालीन राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा विभागको १३४ औं बोर्ड बैठकले अहिले कायम २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजीमा १ सय २० प्रतिशत बोनस शेयर र ५ दशमलव २६ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।
बोर्ड बैठकले आर्थिक वर्ष २०६७–२०६८ र २०६८–२०६९ को वित्तीय विवरण स्वीकृत पनि गरेको छ । बोर्ड बैठकले प्रस्ताव गरेको बोनस कम्पनीको २०६८–२०६९ सम्मको नाफाबाट वितरण गर्न लागेको हो । यो प्रस्ताव साधारणसभाबाट पारित हुन बाँकी छ ।
बोनश वितरणपछि कम्पनीको चुक्ता पुँजी ५८ करोड ६५ लाख नाघ्ने छ । बीमा समितिको निर्देशन अनुसार आगामी साउनसम्ममा निर्जीवन बीमा कम्पनीले चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ । कम्पनीले आर्थिक वर्ष २०६९–२०७० देखिको नाफाबाट बोनश घोषणा गर्न बाँकी नै छ ।
प्रकाशित मिति: आइतबार, फाल्गुण १३, २०७४
प्रकाशित समय: १५:२५:०७