Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौँ – धितोपत्र बजारमा यस साता रु एक अर्ब ७० करोड ७० लाख ६८ हजार मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १० दशमलव ७५ प्रतिशतले बढी हो । गत साता १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर रु एक अर्ब ५४ करोड १४ लाख २५ हजार कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ दशमलव ९२ अंकले घटेर अन्तिम दिन एक हजार ३८६ दशमलव ९८ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा पाँच दशमलव ९१ अंकले घटेर २९३ दशमलव २५ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो बैंकको रु ११ करोड २० लाख ६० हजार बराबरको शेयर कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको तीन लाख ६४ हजार कित्ता शेयर कारोबार भएको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । स्टकका अनुसार यस साता सानिमा इक्विटी फण्डको १३ करोड एकाइ साधारण शेयर सूचीकृत भएको छ ।

तपाईको प्रतिक्रिया