Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

चितवन – पूर्वी चितवनको कयर खोलामा अवैधरुपमा ढुंगा गिट्टी उत्खनन गर्दै गर्दा २४ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले अवैध उत्खनन गरिरहेको अवस्थामा शुक्रबार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो । सो खोलामा ढुंगा गिट्टी उत्खननको लागि कालिका नगरपालिकाको कञ्चन निर्माणले ठेक्का पारेको थियो । जिल्ला समन्वय समितिमार्फत चितवनका खोलानालाबाट ढुंगा गिट्टी निकासीको टेण्डर हुने गरेको छ ।

यसअघि पनि पटक–पटक अवैधरुपमा निकासी हुने गरेको भन्ने व्यापक जनगुनासो बढेपछि स्थानीय निकायले अनुगमन गर्ने क्रममा ट्र्याक्टर नियन्त्रणमा लिएको प्रमुख वनले बताउनुभयो ।  चितवनका खोलामा पछिल्लो समय अवैधरुपमा ढुंगा गिट्टीको निकासी व्यापक हुने गरेको जनगुनासा आइरहेको छ । प्राविधिकले तोकेको स्थानभन्दा बाहिरबाट ढुंगा गिट्टी बालुवा निकासी गर्दा प्राकृतिक स्रोतको दुरुपयोग हुने र अवैध हुने जिल्ला समन्वय समिति चितवनले जनाएको छ ।

सो क्षेत्रबाट लाखौँ टिप अवैधरुपमा निकासी भएको भन्दै प्रमुख वनले आफ्नो क्षेत्रमा यस खाले उत्खनन हुन नदिने बताउनुभयो । सो क्षेत्र रत्ननगर नगरपालिकाको वडा नम्बर १४ मा पर्दछ ।  इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले २४ वटै ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको जानकारी दिँदै कारबाहीका लागि जिल्ला समन्वय समिति भरतपुरमा पठाएको बताउनुभयो ।

प्राविधिकले तोकेको स्थानबाहेक अन्यत्रबाट ढुंगा, गिट्टी, बालुवा निकासी गरिएको भए उनीहरुलाई कारबाही गरिने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिनुभयो । कारबाहीमा जरिवाना, सामान जफतलगायत ठेक्कासमेत रद्द गर्नसकिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया