Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – हात्तीपाइले रोग निवारणका लागि सरकारले शनिबारदेखि औषधि खुवाउने अभियान सुरु गर्दैछ ।

शनिबार, आइतबार र सोमबार २४ जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन गर्ने इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पाँचथर, इलाम, झापा, भोृजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्जुला, बैतडी, डडेलधुरा र कञ्चनपुरमा अभियान चलाइनेछ ।

हात्तीपाइले रोगका औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग तथा अरु कुनै पनि रोगका सिकिस्त बिरामीले खानु हुँदैन । हात्तीपाइले विरुद्धको औषधी खाली पेटमा यो औषधि नखान पनि डाक्टरले सल्लाह दिएका छन् ।

नेपालमा हात्तीपाइले रोग निवारण अभियान सन् २००३ देखि सुरु भएको हो ।

तपाईको प्रतिक्रिया