काठमाडौं – के तपाईं ढोका बन्द गरे पनि पटक–पटक जाँच गर्नुहुन्छ ? या कुनै काम गरेर पनि केही समयपछि पत्तो पाउनुहुन्न । कहिलेकाहीँ यस्तो हुनु सामान्य हुन सक्छ । तर, पटक–पटक यस्ता क्रियाकलाप दोहोरियो भनेचाहिँ राम्रैसँग सोच्नुपर्ने हुन्छ । मस्तिष्क अर्थात् दिमाग निकै ठूलो उपहार हो । स्मरण दिमागसँग जोडिएको हुन्छ । स्मरणशक्ति कमजोर हुनु वा बिर्सनुको मुख्य कारण एकाग्रताको कमी हो । नियमित यस्तो समस्या देखिएमा मस्तिष्कको रिकल प्रोसेसका लागि आवश्यक पोषण तत्वको कमीले पनि हुन सक्छ । एजेन्सीको सहयोगमा तयार पारिएको सामाग्री :
स्मरणशक्ति बढाउन
स्मरणशक्तिलाई तीव्र बनाउन पातदार तरकारीको प्रयोग गर्न सक्नुहुन्छ । भिटामिन बी–१ र बी–१२ युक्त खाद्यपदार्थको नियमित प्रयोग गर्नुस् । त्यस्तै, खानामा नियमित घ्यूको प्रयोगले पनि स्मरणशक्ति बढाउने काम गर्छ । प्रत्येक दिन एक गिलास दूध, बदाम, एबोकाडो, माछाको प्रयोगले पनि स्मरणशक्ति मजबुत बनाउन भूमिका खेल्छ ।
स्मरणशक्ति बढाउन योग पनि महत्वपूर्ण साबित हुन सक्छ । योगले मानसिक स्वास्थ्यमा सकारात्मक योगदान पु-याउने गर्छ । नियमित व्यायाम गर्दा पनि मस्तिष्कको रक्तरसञ्चारमा वृद्धि हुन्छ र स्मरणशक्ति बढ्दै जान्छ ।
पूरै निद्रा सुत्नुस् । पूरै निद्रा सुत्दा पूरै दिनको घटना दिमागमा सहजै बस्न मद्दत पुग्छ ।
तनावबाट टाढा रहनुस् । मनोरञ्जन गर्नुस् । साथी र परिवारसँग समय बिताउनुस् वा त्यस्तो काम गर्नुस् जुन कामले तपाईंलाई खुसी मिल्छ ।
स्वस्थ भोजनको कमी
भारी मात्रामा खाना खानुलाई मानसिक स्वास्थ्यका लागि त्यति राम्रो मानिदैन । यसका अतिरिक्त मसलेदार र तेलयुक्त खानाले पनि स्वास्थ्यमा हानि पु-याउँछ । मस्तिष्कलाई असर पु-याउने अर्को बानी भनेको अत्यधिक सेवन हो । यसले पनि स्मरणशक्तिलाई कमजोर बनाउन भूमिका खेल्छ । मासु र प्रोसेस्ड खाद्यपदार्थको प्रयोगले मस्तिष्कको क्रियाकलापमा हानि पु-याउने काम गर्छ । भिटामिन बी–१ र बी–१२ को कमीका कारण मानसिक स्वास्थ्य प्रभावित हुन्छ ।
बढ्दो उमेर
स्मरणशक्ति कमजोर हुनेबारे सबैलाई थाहा भएको कारण हो, बढ्दो उमेर । मानिसको उमेर बढ्दै जाँदा पनि स्मरणशक्तिमा ह्रास आउने गर्छ । तर, यो जरुरी छैन कि उमेर बढ्यो भन्दैमा स्मरणशक्ति कमजोर भइहालोस् । यति मात्र हो, उमेर बढ्दै जाँदा मस्तिष्क कोषिका निर्माणको प्रोसेस प्रभावित हुन्छ । मस्तिष्क कोषिकाले नै स्मरणशक्ति बढाउने हो ।
औषधिको बढी प्रयोग
अल्जाइमरजस्ता रोगले पनि स्मरणशक्तिमा हानि पु¥याउने काम गर्छ । यस्ता रोगले मस्तिष्कको कोषिकालाई नोक्सान पु¥याउने काम गर्छन् । त्यस्तै, थाइराइडको हर्मोनले पनि स्मरणशक्तिमा असर पारेको हुन्छ । यसका साथै निकै बढी ओभर द काउन्टरजस्ता औषधिको सेवनले स्मरणशक्तिमा थप असर पार्छ ।
ड्रग्स सेवन
ड्रग्सको अत्यधिक सेवन पनि तपाईंको स्मरणशक्ति कमजोर बन्ने कारण हुन सक्छ । ड्रग्सले मस्तिष्कको कैयौँ भागमा सीधा प्रभाव पार्ने गर्छ । तम्बाखु, चुरोटजस्ता पदार्थको सेवन स्मरणशक्ति कमजोर हुने अर्को कारण हो । यस्ता पदार्थको सेवनले मस्तिष्कको कोषिकामा कम अक्सिजन पुग्छ । परिणाम स्मरणशक्ति कमजोर बन्दै जान्छ ।
निद्राको कमी
थुप्रै अध्ययनले देखाएको छ कि निद्राको कमीले मानिसको स्मरणशक्ति कमजोर बन्छ । कम निद्राले मस्तिष्कको याद गर्ने क्षमतालाई प्रभावित पार्ने गर्छ । जब हामी सुत्छौँ, त्यतिवेला दिभरका क्षण दिमागमा सजिलै स्टोर हुन्छ । यदि कुनै व्यक्तिलाई पर्याप्त निद्रा पर्दैन भने यसको असर स्मरणमा पर्न जान्छ ।
तनाव
तनाव र दुःखीपनाले पनि स्मरणशक्ति कमजोर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । तनावले मस्तिष्कको स्टोरेज प्रक्रियामा समेत असर पु-याउने गर्छ ।
गहिरो चोट
टाउकोमा गहिरो चोटका कारण मानिसको अकस्मात् स्मरण कमजोर हुन सक्छ । कतिपय दर्दनाक दुर्घटनापछि मानिस ठीक हुँदासमेत पहिलेका घटना राम्रोसँग स्मरण गर्न अक्षम हुन्छन् । मेमोरीको थेरापी गरेपछि मात्र यस्तो समस्या समाधान भएको थुप्रै उदाहरण छन् ।