Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – अघिल्लो दिन लहराउँदो धनियाँको पात ल्यायो, भोलिपल्ट हेर्दा ओइलाएर सुक्न थाल्छ । तीन–चार दिनमै हरियो खुर्सानी भेट्नोतिरबाट कुहिन थाल्छ । सायद, यो समस्या सबैको भान्सामा छ । तर, आइडिया लगाए समस्याबाट मुक्ति मिल्छ :

०   जरासहितको धनियाँलाई पहिले नुनपानीमा पखाल्नुहोस् । कुनै भाँडोमा पानी राखेर जरा मात्रै डुब्ने गरी राख्नुहोस् । हरियो धनियाँ सातादिनसम्म पनि हरियै र ताजै रहन्छ । आवश्यकताअनुसार निकाल्दै प्रयोग गर्न सक्नुहुन्छ ।
०   हरियो खुर्सानी चाँडै बिग्रिनुमा भेट्नोको खास दोष हुन्छ । बजारबाट ल्याएपछि सबै खुर्सानीका भेट्ना चुँडाएर फालिदिनुहोस् । अब, एउटा प्लास्टिक या बट्टामा खुर्सानी राख्नुहोस् र हावा नछिर्ने गरी प्याक गरिदिनुहोस् । झन्डै महिनादिनसम्म पनि हरियो खुर्सानी हरियै रहन्छ, बिग्रिँदैन । आवश्यकताअनुसार निकाल्दै भान्सामा उपभोग गर्नुहोस् ।

तपाईको प्रतिक्रिया