Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपालमा अझै ८० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा अस्पताल जाने गरेकाले क्यान्सरबाट हुने मृत्युदर बढेको चिकित्सकहरु बताउँछन् । सुरुकै चरणमा अस्पताल पुगे ७० देखि ८० प्रतिशत सम्म क्यान्सर निदान गर्न सकिने क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापतिले बताउनुभयो ।

अन्तिम अवस्थामा क्यान्सर पहिचान भएपनि उपचार सम्भव नहुने कारण ६ महिनादेखि १ बर्षमै मृत्यु हुने गरेको पाइएको छ । समयमै रोग पहिचान भए महत्वपूर्ण अनुपातमा क्यान्सर निदान गर्न सकिने चिकित्सकहरुको भनाई छ । तर जनचेतनाको अभाव त कहिलेकाँही उचित चिकित्सकिय परामर्श अभावका कारण क्यान्सरबाट हुने मृत्युदर बढ्दो छ ।

क्यान्सर रोगको कारण
क्यान्सर रोगको कारण यहि हो भन्न नसकेपनि अस्वस्थकर खानपिन, रहनसहन तथा वातारणीय प्रभाव प्रमुख मानिन्छ । करिब १० प्रतिशत क्यान्सरका उमेर, लिङ्ग, बंशानुगत कारण लगायत छन् । सुर्ती वा सुर्तीबाट बनेका पदार्थहरू जस्तै चुरोट, बिँडी, तमाखु, खैनी, सुर्तीको सेवनले मुख, श्वासनली, फोक्सो, आमाशय, गर्भाशय, मूत्रनली, मिर्गौलालगायत शरीरका अन्य अङ्गको क्यान्सर हुन्छ ।

मादकपदार्थको सेवनले मुख, अन्ननली, पेट, आन्द्रा, स्तन, कलेजोका साथै अन्य अङ्गको क्यान्सर हुनसक्छ । अस्वस्थकर खानपिनले करिब ३५ प्रतिशत क्यान्सर हुने सम्भावना रहन्छ । यस्तै विकिरण अत्यधिक सौर्य विकिरणका साथै एक्स-रे, सिटिस्क्यानजस्ता उपकरणबाट निस्कने विकिरणको प्रभावले रगतका साथै अन्य अङ्गको क्यान्सर हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

क्यान्सरको लक्षण
लामो समयसम्म घाउ निको नहुनु, अस्भाविक रुपमा तौल घट्नु, शरीरमा गिर्खाहरु देखा पर्नु्, दिसापिसावमा रगत देखा पर्नु, स्तनमा गाँठागुँठी देखिनु, कोठीहरु अस्भाविक रुपमा बढ्नु, लामो समयसम्म खोकी लाग्नु, छालाको रंग परिवर्तन हुँदै जानु, ज्वरो आइरहनु लगायतका लक्षणहरु क्यान्सर हुने वा भएका संकेत हुन् ।

अधिकांशमा फोक्सोको क्यान्सर
क्यान्सर पिडितमध्ये अधिकांशमा फोक्सोको क्यान्सर देखिने गरेको छ । सन् २०१५ मा फोक्सो क्यान्सरबाट विश्वमा १६ लाख ९० हजार मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । स्वस्थ्य जीवनशैली अपनाउन सके र सुर्तीजन्य पदार्थको प्रयोग नगरे ३० देखि ५० प्रतिशत क्यान्सरको जोखिम कम हुन सक्ने नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले उल्लेख गर्नुभयो ।

क्यान्सरबाट बच्न सकिन्छ
जीवनशैली र खानपानमा सुधार गरे ७० प्रतिशत र धुमपान-मध्यपान त्यागे मात्र पनि ३० प्रतिशतसम्म क्यान्सरबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार करीव एक तिहाइ क्यान्सर लाग्नबाटै बचाउन सकिन्छ । प्रदुषणरहित वातावरण, विषादी तथा रासायनमुक्त खानेकुराको प्रयोग, नियमित व्यायाम, नियन्त्रित शारीरिक तौल, कम चिल्लो र स्वस्थ्यकर खानपिनको सेवन गर्नु क्यान्सरबाट बच्ने पहिलो कदम हो । यसका साथै नियमित स्वास्थ्य परिक्षण गर्नु अर्को महत्वपूर्ण पाटो हो ।

यसैबीच, विश्व क्यान्सर दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठन डब्लुएचओको आह्वानमा हरेक वर्षको फेब्रुअरी ४ का दिन यो दिवस मनाउने गरिन्छ । संगठनले सन् २०१६ देखि २०१८ सम्मका लागि ‘हामी सक्छौ, म सक्छु’भन्ने नारा तय गरेको छ ।

विश्वमा हुने कुल मृत्युको करिव १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका रोगी रहेको डब्लुएचओको तथ्याङ्क छ । प्रत्येक ६ मध्ये १ जनाको मृत्यु क्यान्सरबाट हुने गरेको पाइन्छ । विकसित देशमा हुने मृत्युमध्ये क्यान्सर दोस्रो र विकासशिल देशमा तेश्रो स्थानमा आउँछ ।

विकासशिल देशमा करीब ७० प्रतिशतको मत्यु क्यान्सरका कारण हुने गरेको तथ्याङ्क छ । भक्तपुर अस्पतालमा गत पाँच वर्षको अवधिमा क्यान्सर रोगीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सन् २०१२ मा २८ हजार ३ सय ६६ बिरामी रहेकोमा २०१७ मा आइपुग्दा सो संख्या ६८ हजार ४ सय ४१ पुगेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया