Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – असन्तुलित खानपान र जीवनशैलीकाका कारण क्यान्सरको जोखिम बढ्दै गएको डाक्टरले बताएका छन् । डाक्टरका अनुसार खानपानमा ख्याल नगर्दा क्यान्सर लाग्ने खतरा ३० प्रतिशत बढी हुन्छ ।

मासुको धेरै प्रयोग र मासुलाई भुटेर, तारेर वा साँधेर खाँदा क्यान्सर लाग्ने खतरा धेरै हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठले बताउनुभयो । यस्तै, प्लाष्टिकमा राखेको खानेकुरा र चिल्लो, पिरो अमिलो, मोटो मानिस र शारीरिक व्यायाम नगर्नेलाई क्यान्सरको खतरा धेरै हुने उहाँले बताउनुभयो ।

यस्तै चुरोट र सुर्तीजन्य वस्तु खाँदा पनि क्यान्सर लाग्ने खतरा उच्च हुन्छ । सुर्ती र चुरोटकै कारण हरेक वर्ष क्यान्सरका विरामी बढेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र बरालले बताउनुभयो ।

नेपालमा चुरोट र सुर्तीको प्रयोग बढ्दै जाँदा फोक्सोको क्यान्सरका विरामी बढेका छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएका डाक्टर बरालले जानकारी दिनुभयो ।

पाठेघर र स्तन क्यान्सर बंशानुगत रोग हो । समयमा नै क्यासर भएको पत्ता लागेमा क्यान्सर निको पार्न सकिन्छ । तर धेरैजसो बिरामीहरु क्यान्सर लागेर थलिन थाले पछि मात्रै उपचारमा जाने हुँदा उनीहरुलाई बचाउन मुस्किल भएको डाक्टरले बताएका छन् । नेपालमा ६० हजार जनालाई क्यान्सर लागेको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया