Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिकाले गर्भवती महिलालाई नियमित चेकजाँच गराउनका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ ।

नियमित चेकजाँच नहुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा थाहा नहुने भएकाले सो सुविधा प्रदान गर्न लागिएको हो । यसरी नियमित चेक नहुदा, पौष्टिकतत्व, भिटामिन, आयोडिनजस्ता कुराको कमी हुन गई आमा र बच्चालाई असर पर्नुका साथै ज्यान नै खतरामा पर्ने बगरकोट स्वास्थ्य चौकीका अहेब मदनराज भाटले बताउनुभयो ।

गर्भवतीलाई आवश्यक खानेकुरा र भिटामिनजस्ता खाद्य पदार्थ अपुग हुदा उनीहरुलाई असर पर्ने र गर्भास्वस्थाका खतराका बारेमा पनि जानकारी नहुँदा कतिपय गर्भवती आमा र बच्चाको ज्यान अकालमा जाने भएकाले प्रोत्साहन भत्ताको व्यवस्था गरी नियमित चेकजाँच गराउनका लागि सो व्यवस्था गरेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताउनुभयो ।

गर्भ रहेको थाहा भए देखि नै नियमित नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा आमा चेक गराउन भन्ने उद्देश्यले प्रोत्साहन भत्ताको व्यवस्था गरेको भागेश्वर गाउँपालिकाका अध्यक्ष भट्टले जानकारी गराउनुभयो । गर्भवतीलाई पूर्णरुपले सेवा भोग नगरेको अवस्थामा चार पटकसम्म नियमित चेकजाँच गरेको र प्रसूति सेवा लिई स्वास्थ्य चौकीमा नै गराएको आमालाई २०० का दरले पाँच दिनसम्मको भत्ता र खानाको व्यवस्था गरिएको अध्यक्ष भट्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया