हालैका दिनमा नेपाली अभिनेत्रीहरुले आफ्नै लगानीमा फिल्म बनाउने क्रमहरु देखा परेका छन् । यसै क्रममा माल्भिका सुब्बा, रिचा शर्मा, निशा अधिकारीका साथसाथमा ख्याति प्राप्त अभिनेत्री केकी अधिकारीले पनि फिल्म बनाउन लागेकी हुन् ।
अभिनेत्री अधिकारीले आफ्नै कम्पनी जुनकिरी प्रोडक्सनद्धारा नेपाली कथानक चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाउँदै छिन । अभिनय र म्युजिक भिडियोमा फरक स्थान बनाएकी नायिका केकी अधिकारीले पहिलोपटक ‘कोहलपुर एक्सप्रेस’मार्फत निर्माणमा हात हालेकी हुन्।
चलचित्रलाई म्यूजिक भिडियो निर्देशनमा जम्दै गरेका विशाल भण्डारीले निर्देशन गर्दैछन । तीन युवतीको सपनाको कथा बोल्ने फिल्ममा केकी, प्रियंका र ऋचाको भूमिका कस्तो होला ? फिल्मको नाम अनुसार ‘कोहलपुर एक्सप्रेस’ एउटा गाडीको नाम हुनसक्ने धेरैको अनुमान छ ।
चलचित्रमा केकी अधिकारीको अलवा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, कालिप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।
आफ्नो सपनाको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ मान्ने अधिकारीले राम्रो चलचित्र दर्शकमाझ लिएर आउने अठोटका साथ निर्माणमा हात हालेको बताउँछिन । चलचित्रले तीन युवतीको कथा भन्नेछ । चलचित्रमा केकीको साथमा भद्रबहादुर शाही, देविलाल न्यौपाने, शिव प्रसाद चौलागाइको लगानी रहनेछ । शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्रचार्यको सम्पादन, गम्भिर बिष्टको नृत्य यो चलचित्रमा रहनेछ । अप्रिलको अन्त्यतिरबाट चलचित्र प्रर्दशनमा आउने बताइएको छ । यस चलचित्रमा समेटिएको पहिलो गीत ‘सी ओ डब्लु काउ’ युट्युबमार्फत सार्वजनिक हुने भएको छ ।
विशाल भण्डारीको निर्देशन रहेको ‘कोहलपुर एक्सप्रेस’मा तीन गीतमात्र छन्, जसमध्ये यो पहिलो गीत युट्युबमार्फत सार्वजनिक भएको केकीले जानकारी दिइन्। ‘सी ओ डब्लु काउ’ राजनराज शिवाकोटी र मेलिना राईले गाएका हुन भने राजनकै कम्पोजमा तयार भएको हो ।
बाँकी दुई गीत अर्जुन पोखरेल र कालीप्रसाद बासकोटाले तयार पारेका हुन्। अहिलेका तीन चर्चित संगीतकर्मी कालीप्रसाद, राजन र अर्जुनबाट ‘कोहलपुर एक्सप्रेस’का तीन गीत कम्पोज गराएको केकीले जानकारी दिइन्।
तपाईको प्रतिक्रिया