Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – भान्साका लागि आवश्यक खाद्यान्न किन्दा विशेष ध्यान दिनुपर्छ । आकर्षक प्याकेटमा राखिएको देख्दैमा या मूल्य महँगो पर्दैमा खाद्य सामग्री गुणस्तरीय नहुन सक्छ । हरियो साग/तरकारी त सरसर्ती हेर्दा या छाम्दा पनि ताजा भए/नभएको थाहा पाउन सकिन्छ । तर, प्याकिङ गरिएका खाद्यान्न किन्दा झुक्किने ठाउँ धेरै रहन्छ । त्यसैले केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ :

मदन चापागाईं
खाद्य प्राविधिक

१. प्याकिङ गरिएको खाद्य सामग्री खरिद गर्दा सबैभन्दा पहिले लेभल लागे/नलागेको ख्याल गर्नुपर्छ । लेबलमा उत्पादक कम्पनी, उत्पादन मिति, उपभोग गरिसक्नुपर्ने मिति, मूल्यलगायत विवरण लेखिएको हुन्छ । यी सबै कुरा बुझ्ने भाषामा लेखिएको हुनुपर्छ । प्याकेटमा लेबल छैन या आवश्यक जानकारी बुझ्ने गरी खुलाइएको छैन भने खरिद नगर्नुहोस् । यस्ता खाद्य सामग्रीको जिम्मेवार कोही हुँदैन, गलत तरिकाले बिक्री वितरण भइरहेको हुन्छ । अखाद्य पदार्थ मिसाइएको हुन सक्छ । खाँदा स्वास्थ्यमा असर गर्न सक्छ ।

२. गुणस्तर विभागबाट अनुज्ञापत्र नलिई उत्पादन तथा बिक्री गरिएका खाद्य सामग्रीको गुणस्तरमा शंका गर्ने ठाउँ धेरै हुन्छ । सानो लगानीमा घरमै उत्पादन गरिन्छ र कम गुणस्तरका सामग्री प्रयोग भएका हुन सक्छन् । अनुसन्धानमा पनि यस्ता धेरै भेटिएका छन् । खासगरी मसला, चिप्सलगायतमा यो समस्या हुन्छ । त्यसैले यस्ता खाद्यान्नमा लेबल हेर्नुपर्ने आवश्यकता बढी हुन्छ । प्याकिङ गरिएका हरेक खाद्य सामग्रीमा के–के सम्मिश्रण गरिएको छ भन्ने पूर्ण जानकारी दिइएको हुनैपर्छ । विदेशी कम्पनीले पनि नेपाली र अंग्रेजी भाषामा बुझ्ने गरी खुलाउनुपर्छ ।

३. प्याकिङ गरिएको खाद्य सामग्रीमा र्‍यापरको गुणस्तर पनि हेर्नुपर्छ । मेटालिक र्‍यापरमा प्याकिङ गरिएको खाद्य सामग्री राम्रो हुन्छ । विशेषगरी चाउचाउ, चिप्स, चामललगायतका सुक्खा खाद्यमा यस्तो प्याकिङ राम्रो हुन्छ ।

४. जुस, माछा, मासु, दूधलगायत खाद्य सामग्रीको प्याकिङमा भने विशेष ख्याल राख्नुपर्छ । यस्ता सामग्रीको प्याकिङ राम्रो भए पनि सामान फुलेको छ भने किन्नु हुँदैन । दूध, फलफूल, जुसलगायत सामग्रीमा उपभोग मिति धेरै छ भनेर मात्रै ढुक्क हुन सकिँदैन । प्याकिङ कत्तिको गुणस्तरीय छ भन्नेमा चनाखो हुनुपर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया