Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं –  माघे संक्रान्ति नजिकिदैं जाँदा तरुलको व्यापार उच्च भएको छ ।

एक साताको अवधिमा उपत्यकामा मात्र करिब १३ करोड मूल्यबराबरको तरुलको व्यापार भएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार ६ दिनको अवधिमा (पुस २५ देखि ३० गते सम्ममा) झण्डै १३ करोड मूल्यबराबरको करिब एक हजार टन विभिन्न प्रकारका तरुलको कारोबार हुने अनुमान गरिएको छ ।

‘गत वर्षभन्दा यो वर्ष एक करोडभन्दा बढी मूल्यबराबरको कारोबार हुँदैछ,’ महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भन्नुभयो, ‘अघिल्लो वर्ष केही सीमित बजारबाट १२ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो । तर, यो बर्ष बजार थपिएको छ । यो वर्ष थप एक करोड मूल्य बराबरको बढी कारोबार हुँदैछ ।’ 

तपाईको प्रतिक्रिया