Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025
काठमाडौं- सम्बन्धविच्छेदको अवस्थामा पुगेका पूर्वराजकुमारी प्रेरणा र उनका पति राजबहादुर सिंहको पुनर्मिलन भएको छ । झन्डै ६ महिनापछि प्रेरणा गत साता छाउनीस्थित पतिको घरमा गएकी छन् । प्रेरणालाई लिन राजबहादुर आफैं निर्मलनिवास पुगेका थिए ।
राजबहादुरले प्रेरणासँग आफूबाट गल्ती भएको भन्दै अबदेखि गल्ती नदोहोर्‍याउने वाचा गरेको स्रोतले जनाएको छ । ‘राजबहादुरले पटक–पटक गल्ती भयो भन्दै माफी मागेका थिए, साह्रै अनुनय–विनय गरेपछि प्रेरणाको पनि मन पग्लियो,’ निर्मलनिवास निकट स्रोतले भन्यो । स्रोतका अनुसार अन्तिम मौका दिएको भन्दै प्रेरणा राजबहादुरसँगै छाउनी जान तयार भएकी थिइन् । शुक्रबारदेखि उनीहरूको सम्बन्ध सुमधुर रहेको छ ।
केही दिनअघि मात्र राजबहादुर सिंगापुरबाट स्वदेश फर्केका थिए । फर्केको केही दिनपछि उनी प्रेरणालाई लिन निर्मलनिवास पुगेका हुन् । राजबहादुरलाई केही समययता आर्थिक संकट पर्न थालेपछि बाध्य भएर प्रेरणासँग झुकेको स्रोतको दाबी छ ।
६ महिनादेखि यो दम्पती अलग–अलग बस्दै आएको थियो । प्रेरणा बाबु ज्ञानेन्द्रसँगै निर्मलनिवासबस्न थालेकी थिइन् भने राजबहादुर कहिले सिंगापुर त कहिले बैंकक बस्ने गर्थे । उनी काठमाडौं आएका बेला छाउनीमा बस्ने गर्छन् । नेपालमै भएका बेला पनि प्रेरणा र राजबहादुरबीच भेटघाट हुँदैनथ्यो । पछिल्लो समय उनीहरूबीच सामान्य बोलचालसमेत हुन छाडेको थियो । दुई महिनाअघि प्रेरणा अप्रेसन गर्न सिंगापुर गएका बेला पनि त्यहीँ रहेका राजबहादुर उनलाई भेट्न गएनन् । अप्रेसन गरेर शरीरको बोसो निकाल्ने क्रममा करिब पन्ध्र दिन प्रेरणा सिंगापुर बसेकी थिइन् ।
पतिले आफूलाई पत्नीको व्यवहार नगरेको र बाहिर अन्य केटीसँग बरालिने गरेको गुनासो प्रेरणाको हुन्थ्यो । स्रोतका अनुसार राजबहादुरले आइन्दा कुनै बाहिरी केटीसँग हिमचिम नगर्ने वाचासमेत गरेका छन् । प्रेरणा र राजबहादुरबीच ०६० मंसिरमा नारायणहिटी दरबारमा बिहे भएको हो । बिहेपछि सिंह परिवार छाउनीमा बस्ने गरेको थियो । सो घर पूर्वराजा ज्ञानेन्द्रले छोरीलाई दाइजो दिएका थिए ।
विगतमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस र उनको परिवारले प्रेरणा र सिंहबीच सम्बन्ध सुधार गर्न प्रयास गरेका थिए । तर, अहिले पूर्वराजपरिवारले वास्ता गर्न छाडेको स्रोतको भनाइ छ । प्रेरणा र राजबहादुरका साढे ६ वर्षीय छोरा पार्थबहादुर सिंह भने कहिले आमा र कहिले बाबुसँग बस्ने गरेका थिए । अहिले उनले पनि आफ्ना बाबुआमासँगै बस्ने मौका पाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया