Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – दूध पिउँदा शरीरलाई अनेकौं फाइदा हुन्छ । यसमा भएको क्याल्सियम, म्याग्नेसियम र भिटामिनले हाम्रो हड्डी बलियो बनाउँछ । तर दूधसँग गलत खानेकुरा खानुभयो भने चाहिँ त्यसले विषको काम गर्छ र शरीरलाई हानि हुन्छ । के के कुरा खानुहुँदैन दूधसँग ?

सुन्तला, अंगुर र कागती

दूध पिउनेबित्तिकै केही मानिस कागतीपानी पिउँछन् । पेटमा गएर यी अम्लीय पदार्थले दूधलाई फटाइदिन्छन् । यसकारण पेटमा विषालु पदार्थ उत्पन्न हुन्छ र अनेकौं समस्या आउँछ । अनि यसले रुघाखोकी, कफ र एलर्जीको समस्या आउँछ ।

मासु
दूध र मासु दुवै भारी पदार्थ हुन् र यिनको एकैचोटि सेवन गर्दा शरीरमा पोषक तत्त्वको अधिकता हुन्छ र पचाउन मुश्किल पर्छ । पाचन प्रक्रिया बिग्रेर एसीडीटीको समस्या आइलाग्छ ।

माछा
माछा खाएपछि दूध पिउँदा पेटमा अम्ल उत्पन्न हुन्छ र खाना नपच्ने र पेट दुख्ने समस्या आइलाग्छ ।

नून
दूधसँग कुनै पनि नूनिलो खानेकुरा नखानुस् । यसको तत्कालीन असर नदेखिएपनि वर्षौंसम्म यसो गर्दा शरीरमा सेता दागहरू देखिन थाल्छन् ।

तपाईको प्रतिक्रिया