Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

मुम्बई – २०१७ मा बलिउडले थुप्रै नयाँ चलचित्र पायो । तर सुपरहिट सूचिमा भने कमैले मात्र नाम लेखाउन सके । यो बर्ष सोचेका र अनुमान गरेका भन्दा फरक र थोरै बजेटमा निर्माण भएका चलचित्र बजारमा राम्रा सबित भए । ठुला चलचित्रका तुलनामा साना चलचित्रले बढी नाफा कमाए । ति चलचित्र यस्ता छन् ।

ट्वाइलेट एक प्रेम कथा :

अक्षयकुमारले ट्वाइलेट एक प्रेमकथाबाट राम्रो ट्रेन समातोका छन् । यो चलचित्र सफल भयो र कमायो पनि । २४ करोडमा निर्माण भएको चलचित्रले १३३ करोड कमाउन सफल भयो । चलचित्रको नाफा मात्र १०९ करोड रहेको छ ।

हिन्दी मिडियम :
इरफानको खानको यो चलचित्र पनि सफलताको श्रेणीमा परेको छ । समाजमा चेतना दिने खालको यो चलचित्रले पुलिसको बिषय समेत देखाएको थियो । साकेत चौधरीले निर्देशन गरेको यो चलचित्रमा इरफान खानसँगै पाकिस्तानी अभिनेत्री सबा कमर शीर्ष भूमिकामा रहेकी थिइन् ।
२२ करोड लागतमा निर्माण भएको यो चलचित्रले ६९ करोड ब्यवसाय गरेको छ । चलचित्रले मुनाफा ४७ करोड कमाएको छ ।

फुकरे रिटन्र्स :
फरहान अख्तर र रितेश सिधवानीको यो चलचित्रले नयाँ तरिकाबाट पुरानो सामान बेचेको छ । मृगदिप सिंहले निर्देशन रहेको चलचित्रमा पुलकित सम्राट, वरुण शर्मा, रिचा चड्डा लगायतको अभिनय रहेको थियो । प्रदर्शनको समयमा भएको माउथ पब्लिसिटीले चलचित्रको ब्यवसायमा मद्दत गर्यो । २२ करोडमा निर्माण भएको चलचित्रले ५० करोड नाफा गर्दै ७२ करोड कमाउन सफल भयो ।

जोली एलएलबी २ :

अक्षयकुमारको यो चलचित्रले पनि बजारमा राम्रो व्यवसाय गर्यो । यस चलचित्र मार्फत अक्षय आफ्नो स्टारडम जोगाउन सफल भए । ४५ करोडमा बनेको यस चलचित्रले ७२ करोड नाफा गर्दै ११७ करोडको ब्यवसाय गर्यो । सुभाष कपुरको लेखन निर्देशन रहेको चलचित्रमा अक्षयको अवा हुमा कुरेशी, अन्नु कपुर लगायतको अभिनय रहेको थियो ।

बन्द्रीनाथ कि दुल्हनीया :
सिम्पल कथामा क्युट जोडी प्रस्तुत गरिएको यो चलचित्रले नसोचेको कमाइ गर्यो । शशांक खैतनले निर्देशन गरेको यो चलचित्रले ७१ करोड नाफ कमाउदै ११६ करोडमो ब्यवसाय गरेको थियो । ४५ करोडमा निर्माण भएको चलचित्रमा वरुध धवन, आलिया भट्ट लगायको अभिनय रहेको थियो ।

लिपिस्टिक अन्डर माई बुर्का :
चलचित्रलाई लिएर बलिउडमा धेरै कन्ट्रोवर्सी भयो । यहि कारण पनि चलचित्र सफल हुन सक्यो । जम्मा ७ करोडमा निर्माण भएको यो चलचित्रले ११ करोड नाफा गर्दाै १८ करोड कमाउन सफल भयो ।

गोलमाल अगेन 
रोहिट शेट्टीले यो चलचित्र मार्फत आफ्नो नाम एक पटक फेरी हिट बनाए । अजय देवगन अभिनित यो चलचित्र हिट सिरिजको सुचिमा समेत समावेस भयो । ८० करोड लागतमा निर्माण भएको चलचित्रले २०५ करोड कमाउदै १२५ करोड नाफा गर्न सफल भयो ।

काबिल : 
ऋतिक रोशन र उसको फ्यामिलीको अर्काे हिट चलचित्र हो काबिल । ५० करोडको लागतमा तयार भएको यो चलचित्रले ७६ करोड नाफा गरेको छ । चलचित्रले १२६ करोड कमाइ गरेको थियो ।

सीक्रेट सुपरस्टार :
अमिर जोडिएको यो चलचित्रले धेरै कमाएको मान्न मिल्दैन । तर निर्माण लागतको हिसावले धेरै कमाएको हो । २५ करोडमा तयार भएको चलचित्रले ६२ करोडको ब्यवसाय गरेको छ । यस चलचित्रको नाफा मात्र ३७ करोड बताइएको छ ।

शुभ मंगलम सावधान :
आयुष्मान खुराना र भूमि पेडनेकर अभिनित यो चलचित्रको निर्देशन आर एसले गरेका थिए । पैसन्ना र आनन्दनले निर्माण गरेको यो चलचित्र १७ करोडमा निर्माण भएको थियो । २४ करोड मुनाफा गरेको यो चलचित्रले ४१ करोड कमाउन सफल भयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया