Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – नेपालीले बिहान, बेलुकीको खानासँगै चटनीको प्रयोग गर्छन् । अधिकांशले चटनीलाई स्वादको लागि मात्र प्रयोग गरेको पाइन्छ । तर, चटनीले खानालाई स्वादिष्ट बनाउने मात्र काम गर्दैन । यसमा कैयौँ औषधीय गुण पनि हुन्छन् । स्वामी प्रकाशले चटनीको औषधीय गुणबारे बताएका छन्:

टमटरको चटनी
टमटरमा भिटामिन सी, लाइकोपिन, भिटामिन र पोटासियमको मात्रा अत्यधिक हुन्छ । टमटरको चटनीले शरीरमा कोलेस्ट्रोलको मात्रालाई काम गर्ने काम पनि गर्छ । तौल कम गर्न चाहनेका लागिसमेत टमटरको चटनी अचुक बन्न सक्छ ।

धनियाँको चटनी
धनियाँको चटनीमा भिटामिन सी र प्रोटिनको मात्रा अत्यधिक हुन्छ । धनियाँको चटनीको प्रयोगले मधुमेहजस्ता रोगलाई समेत दूर गर्ने काम गर्छ । यसका साथै पुदिनाको चटनीमा पनि एन्टिब्याक्टेरियल गुण हुन्छ । जसले कब्जियतजस्ता समस्याबाट छुटकरा दिलाउँछ । धनियाँ, अदुवा र लसुन मिसाएर चटनीको प्रयोग गरेमा स्वास्थ्यलाई निकै फाइदा पु्र्याउँछ ।

प्याज र लसुनको चटनी
लसुन एक शक्तिशाली प्राकृतिक एन्टिबायोटिक, एन्टिफंगल र एन्टिब्याक्टेरियल हर्ब हो । यसले उमेरअनुसार हुने असामान्य शारीरिक परिवर्तलाई रोक्नुका साथै कैयौँ सम्भावित रोगसमेत निको पार्छ ।

अमलाको चटनी
अमलाको चटनी खानाले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसमा भिटामिन सीलगायतका पौष्टिक तत्व हुन्छन् । अमलाको चटनीमा अदुवा र कागती मिलाएर प्रयोग गरेमा मुटुरोगको सम्भावनाबाट पनि बचाउँछ । -एजेन्सी

तपाईको प्रतिक्रिया