Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं –  डा. राजेन्द्र बराल
क्यान्सर रोग विशेषज्ञ

स्तन क्यान्सर नसर्ने रोग हो । तर, अनुसन्धानले विश्वका आठमध्ये एकजना महिलामा स्तन क्यान्सर देखाएको छ । जसका कारण स्तन क्यान्सरले विश्वमा थुप्रै महिलाको ज्यान लिने गरेको छ । स्तन क्यान्सरबारे सुरुमै थाहा भए पूर्ण उपचार हुन सक्छ । तर, जति ढिला थाहा भयो त्यति नै ज्यान जाने जोखिम हुन्छ । त्यसैले यसबारे सचेत हुन आवश्यक छ । स्तन क्यान्सर छ वा छैन भन्नेबारे घरमै पनि परीक्षण गर्न सकिन्छ ।

स्तनमा हुने सामान्य परिवर्तनको आफैँलाई अनुभूति हुन्छ । नुहाउँदा वा ऐना हेर्दा स्तनमा आएको परिवर्तन, असामान्य गिर्खा, डल्लाहरू देखिएमा सजग हुन आवश्यक हुन्छ । किनकि यस्तो समस्या स्तन क्यान्सरको कारक पनि हुन सक्छ ।

स्तनको आकार र छालामा परिवर्तन, काखीमुनि गिर्खा र गाँठागुठी आएमा, स्तनको टुप्पा रातो भएमा, स्तनबाट पिप बगेमा वा सुन्निएमा पनि क्यान्सर हुन सक्छ ।

दाहिने स्तनको देब्रे हातले र देब्रे स्तनको दाहिने हातले परीक्षण गर्नुपर्छ । यसरी गरेको परीक्षणमा स्तन चाउरी परेको, स्तनको मुन्टोवरिपरिको छालामा कत्ला भएको पाइएमा पनि क्यान्सर हुन सक्छ ।

स्तनबाट दूधबाहेकको तरल पदार्थ निस्कने, स्तनमा निको नहुने घाउ भएमा पनि क्यान्सरको अनुमान लगाउन सकिन्छ ।

कम्तीमा महिनाको एकपटक आफैँ स्तनको जाँच गर्न सकिन्छ । स्वास्थ्य संस्थामा नियमित परीक्षण गरेमा पनि स्तन क्यान्सरबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया