Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – ममता लामा
स्टाफ नर्स
डडेल्धुरा उपक्षेत्रीय अस्पताल

पछिल्लो समय गर्भपतन गर्ने क्रम बढिरहेको छ । तर, गर्भपतन गर्ने नाममा लापरबाही गरेमा आमाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । त्यसैले जहिले पनि सुरक्षित गर्भपतन गर्नुपर्छ । जसका लागि सरकारी कानुनअनुसार स्वीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा प्रचलित कानुनअनुसार गर्भपतन गराउने कुरामा सचेत हुन जरुरी हुन्छ । यस्ता छन् सुरक्षित गर्भपतन गर्ने अवस्था र यसका दायरा :

सामान्यतया १२ हप्तासम्म मात्र गर्भपतन गर्न मिल्छ । त्यसभन्दा माथिको गर्भपतनलाई गैरकानुनी मानिन्छ । औषधिका माध्यमले नै ६३ दिनदेखि १२ हप्तासम्म गर्भपतन गर्न मिल्छ ।

गर्भपतन गर्दा गर्भवती महिलाको सहमति आवश्यक हुन्छ । यदि कसैको दबाब वा ललाइफकाइमा गर्भपतन गरेमा कानुनविपरीत हुन्छ ।

१२ हप्ताभन्दा बढी समयमा गर्भपतन गर्नका लागि भने सरकारले नै मापदण्ड तोकेको छ । बलात्कारबाट बसेको गर्भ, हाडनाता करणीको सन्दर्भमा भने १८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ । १२ देखि १८ हप्तासम्मको अवधिमा उपकरण (भ्याकुम एस्पिरेसन) माध्यमबाट सुरक्षित गर्भपतन गर्न सकिन्छ ।

त्यस्तै, विकलांग हुने, आमाको स्वास्थ्यमा असर गर्ने भएमा भने जुनसुकै अवस्था अर्थात् नौ महिनासम्मकै अवधिमा गर्भपतन गर्न मिल्छ । यस्तो अवस्थामा इन्जेक्सनको सहायताले सुरक्षित गर्भपतन गरिन्छ । १८ हप्ताभन्दा बढी समयको गर्भपतन गर्दा भने अनिवार्य दुईजना सूचीकृत स्वास्थ्यकर्मीको अवश्यकता पर्छ ।

यसो भन्छ कानुन

सरकारबाट मान्यता प्राप्त नगरेका सरकारी वा निजी स्वास्थ्य संस्था, सूचीकृत नभएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराउनु हुँदैन ।

कतिपयले भ्रुणको लिंग पहिचान गरी बच्चा जन्माउने गरेको पनि पाइन्छ, जुन गैरकानुनी छ । तर, यसरी गर्भपतन गरेमा भ्रुणको लिंग पहिचान गरी गर्भपतन गर्ने महिलालाई तीन महिना र पहिचान गर्ने स्वास्थ्यकर्मीलाई एक वर्ष जेल सजाय हुन्छ ।

तपाईको प्रतिक्रिया