Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले आउँदो माघदेखि सिटामोल उत्पादन गरी बजारमा पठाउने भएको छ ।

लिमिटेडका महाप्रबन्धक रोवश कुसुम सुवेदीले सिटामोल उत्पादनका लागि ९० प्रतिशतभन्दा बढी तयारी पूरा भएको जानकारी दिनुभयो । महाप्रबन्धक सुवेदीका अनुसार यसका लागि कच्चा पदार्थको आयात, प्याकेजिङ तथा वितरणका लागि बोलपत्र सम्बन्धि काम सम्पन्न भइसकेको छ । आज काठमाडौं पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिइएको हो ।

लामो समयदेखि बन्द रहेको लिमिटेड अघिल्लो वर्षबाट पुनः सञ्चालनमा ल्याइएको छ । लिमिटिेडले गत वैशाख २४ गतेबाट जीवनजल उत्पादन गरी बजारमा पठाएको थियो । औषधि उत्पादन प्रक्रिया विश्व स्वास्थ्य संगठनले तोकेको कुशल उत्पादन अभ्यास (जीएनपी) अनुसार रहेको, गुण तथा नापतौल नियन्त्रण विभागको मापदण्ड अनुसार प्रयोगशाल बनाइएको र भौतिक पूर्वाधार तथा अन्य प्रक्रियमा पनि पूरा गरी उत्पादन थालिएको सुवेदी बताउँनु हुन्छ ।

नेपाल औषधि लिमिटेड औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा स्थापना भएको थियो । उद्योगले २०६० सालसम्म आइपुसग्दा १ सय २० प्रकारका औषधि उत्पादन गरिरहेको थियो । तर, विश्व स्वास्थ्य संगठनको उत्पादन मापदण्ड पूरा गर्न नसक्दा २०६७ सालबाट पूर्ण रुपमा बन्द भएको थियो ।

तपाईको प्रतिक्रिया