Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – २० देखि ४० को उमेर हरेकको जीवनमा यस्तो समय हो जब व्यक्ति सबैभन्दा धेरै ऊर्जावान् हुन्छन् । आफ्नो ऊर्जाको धुनमा तपाईं विभिन्न कुराहरु नजरअन्दाज गर्नुहुन्छ जसले तपाईंको जीवनमा दुर्भाग्य निम्त्याउन सक्छ र तपाईंले सम्झौताको जीवन जिउनका लागि बाध्य हुनुपर्ने सम्भावना निम्तिन सक्छ ।

स्वास्थ्यमा ध्यान नदिनु
यो उमेरमा स्वास्थ्य र शरिरले तपाईंको साथ दिने गर्दछ । यो चक्करमा तपाईं आफ्नो खानपिनको विशेष ध्यान राख्नुहुन्छ । अनियमित खाना र जंक फुडले तपाईंको स्वास्थ्यलाई दिन प्रतिदिन नकारात्मक असर पुर्याइरहेको हुन्छ जसको असर बढ्दो उमेरसँगै देखिन्छ । भविष्यमा तपाईंको शरिर आवश्यकताभन्दा बढि कमजोर हुनसक्छ ।

बढ्दो उमेरमा तपाईं जतिसुकै पोषक तत्वले भरपुर भोजनको बानी बसाल्नुहोस्, तपाईंको शरिरले यसलाई पूर्ण रुपमा सोस्न पाउँदैन । त्यसकारण यो उमेरदेखि नै स्वास्थ्यका लागि हानिकारक खानेकुरा खान बन्द गर्नुहोस् र एक स्वस्थ जीवनशैली अपनाउनुस् ता कि तपाईंको शरिर बलियो रहोस् र बुढेसकालमा शारिरिक कमजोरीसँग जुघ्न नपरोस् ।

बचत नगर्नु
२० देखि ३० को उमेर यस्तो हुन्छ जब तपाईं कमाउन सुरु गर्नुहुन्छ र पहिलो पटक आफूलाई आर्थिक रुपमा स्वतन्त्र महसुस गर्नुहुन्छ । धेरैजसो मानिसहरु यो स्वतन्त्रतालाई महसुस गर्नका लागि खानपिन र मोजमस्तीमा खर्च गर्दछन् । उनीहरु भविष्यका लागि कुनै योजना तयार गर्दैनन् र बचत गर्ने त उनीहरुको बानी नै हुँदैन ।

तपाईंले पनि सुन्नुभएको होला, समय सधैं एकैनासे हुँदैन त्यसकारण अहिले देखि नै बचतको बानी बसाल्नुहोस् । पछि परिवारको जिम्मेवारी तपाईंको काँधमा आउँछ त्यसैले पनि यो समयमा बचत गर्नैपर्छ ।

भ्रमण
धेरै मानिसहरु अवकाशपछि घुम्न रुचाउँछन् र युवावस्थामा पैसा कमाउन र आफ्नो भविष्यमा मात्र ध्यान दिन्छन् । तर पैसा कमाउने र भविष्यको चक्करमा नबिर्सिनुहोस् कि तपाईंको शरिर यो उमेरमा बढि उर्जावान् र बलियो हुन्छ । त्यसकारण घुमघाम र रोमाञ्चक क्रियाकलापका लागि योभन्दा उत्कृष्ट समय अरु हुनसक्दैन । पछि समय र पैसा हुँदा पनि तपाईं यी कुराहरु गर्न असमर्थ पनि हुनसक्नुहुन्छ ।

परिवारलाई समय नदिनु
करियरलाई उत्कृष्ट बनाउने लोभमा आजकालका युवा यति धेरै व्यस्त हुन्छन् कि आफ्नो परिवारलाई समय दिन पनि पाउँदैनन् । अहिले तपाईंलाई अहिले केही फरक नपारेपनि भविष्यमा यो कुरा सधैं तपाईंको मनमा खट्किरहनेछ ।

विवाह गर्न हतार गर्नु वा नराम्रो सम्बन्धमा रहिरहनु
मानिसहरुलाई लाग्छ कि काम पाउने बित्तिकै विवाह गर्नुपर्छ तर यस्तो हुनुहुँदैन । विवाह जीवनभरी निभाउनुपर्ने एक बन्धन हो । त्यसकारण जब तपाईंले सही जीवनसाथी पाउनुहुन्छ तबमात्र विवाह गर्नुहोस् । धेरै मानिसहरु विवाह त गर्छन् तर केही समयपछि नै समस्याबाट गुज्रन थाल्छन् ।

आमाबुवा वा बुढाबुढीको सल्लाह नमान्नु
युवावस्था त्यस्तो बेला हो जहाँ तपाईंलाई आफूले गरेको सबैकुरा सही लाग्छन् । तपाईं नयाँ सोचसहित यति जोसमा हुनुहुन्छ कि अन्य सबै बिचार तपाईंलाई पुरानो र कमजोर लाग्छन् । तर नबिर्सिनुहोस् कि तपाईंका आमाबुवा जीवनको संघर्षमा तपाईंभन्दा अत्यधिक अनुभवी हुनुहुन्छ । त्यसकारण उहाँहरुलाई पनि ध्यानपूर्वक सुन्नुहोस् ।

खराब जागिरमा अड्किरहनु
थुप्रै पटक तपाईंले रुचाएको जागिर पाउनुहुन्न तर करियरको सुनिश्चितता वा आर्थिक परिस्थितीसँग जुघ्नका लागि तपाईं सम्झौता गर्नुहुन्छ र मन नलागे पनि काम गरिरहनुहुन्छ । यस्तो नगर्नुहोस् र तुरुन्त उक्त कामलाई छोड्नुहोस् नभएर केही समयपछि तपाईंले उक्त कामलाई महत्व दिन छाड्नुहुन्छ र तपाईंलाई आफ्नो जीवन नै व्यर्थ लाग्न सक्छ ।

आमा बुवाको खुसीका लागि आफ्नो सपना त्याग्नु
तपाईं त्यो काममा मात्र सफल हुनसक्नुहुन्छ जुन तपाईंलाई राम्रो तरिकाले आउँछ । थुप्रै पटक मानिसहरु आफ्नो आमाबुवाको खुसीका लागि त्यो करियर पनि अपनाउने गर्दछन् जसमाथि उनीहरुको रुची नै हुँदैन । परिणाम यस्तो हुन्छ कि उक्त काममा उनीहरुको परफर्मेन्स औसत हुने गर्दछ ।

त्यसकारण समय हुँदा नै आफ्नो क्षमताको पहिचान गर्नुहोस् र त्यसतर्फ आफ्नो कदम बढाउनुहोस् । आमाबुवाले तपाईंलाई जीवन जिउने तरिका सिकाउन सक्नेछन्, तपाईंलाई संघर्षसँग लड्ने हिम्मत दिनसक्छन् तर यो जरुरी छैन कि उनीहरुले जुन काममा सफलता हाँसिल गरका छ त्यसमा तपाईं पनि निपुण हुनुपर्छ । –एजेन्सी

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया