सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

टोकिया –टोकियो महानगरीय प्रहरीले पकेट मारेर रकम चोरेको आरोपमा पाकिस्तानी नागरिकलाई उइनोबाट पक्राउ गरेको छ ।
साइतामा प्रिफेक्चरको सोका शहरमा बस्दै आएका ४६ वर्षिय मुहाम्मद अतिफले ओमेयोको सोतेन्गाई सडकमा ६२ वर्षिय वृद्धको ब्यागबाट पैसा झिकेर आफ्नो पर्समा राखेको भेटेपछि निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको टिबिएस समाचारले जनाएको छ ।
प्रहरीका अनुसार अतिफको शंकास्पद व्यवहार देखेपछि अनुसन्धान गर्दै जाँदा पक्राउ गरिएको हो, तर अतिफले उक्त आरोप अस्विकार गरेका छन् ।
गत जनवरीमा त्यस्तै प्रकारका आठवटा घटनामा अतिफको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ । उक्त घटनाबाट २ लाख ४६ हजार येन हराएको बताइएको छ ।

तपाईको प्रतिक्रिया