Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – कहिलेकाहिं शरीरमा कालो वा गाढा निलो दाग देखिने गर्छ । कुनै जनवारले टोके जस्तै लाग्ने यस्तो दाग शरीरमा कसरी भयो ? हामीलाई आश्चर्य लाग्छ ।

विगतमा यस्तो निलडाम देखिए भन्ने गरिन्थ्यो, लौ बोक्सीले टोकेछ । यहि कारण कतिले धामीझाँक्री राख्ने गर्थे । अहिले पनि यो क्रम टुटेको छैन ।

बिहान उठ्दा शरीरमा निलडाम देखिए ‘बोक्सीले टोकेको’ भ्रम पाल्ने गरिएको छ । तर, विशेषज्ञहरुले यसको कारण भिन्नै बताएका छन्, जसलाई सामान्य मान्न सकिदैन । उनीहरुका अनुसार यो दागले घातक नतिजा पनि दिनसक्छ ।

के हो त यो ?
भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ रक्तक्यान्सर रोग एवं बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. अजय झाका अनुसार शरीरमा देखिने यस्ता दाग वा निल डाम आन्तरिक रक्तश्रावका कारण हुने गर्दछ ।

झाका अनुसार एउटा स्वस्थ व्यक्तिको शरीरमा डेढ लाख देखि ४ लाखको हाराहारीमा प्लेटलेट्स हुने गर्दछ । यदी कुनै व्यक्तिको शरीरमा प्लेटलेट्को संख्या ४० हजार भन्दा कम रहेको अवस्थामा उक्त व्यक्तिमा गम्भीर समस्या उत्पन्न हुने खतरा बढेर जाने गर्दछ ।

विशेषगरी,  ३०  हजार भन्दा कमको संख्यामा प्लेटलेट्स हुने व्यक्तिलाई हात, खुट्टाका साथै मस्तिष्क , पेट लगायतको भागबाट समेत आन्तरिक रक्तश्राव हुने सम्भावना अधिक हुने गर्दछ । यस्ता व्यक्तिलाई औषधीद्धारा प्लेटलेट्स बढाउने वा प्लेटलेट्स चढाउन सकिन्छ ।

के हो प्लेटलेट्सको कमी ?
मानव शरीरमा रक्तसञ्चारका लागि रातोरक्त कोषिका, सेतो रक्तकोषिका तथा प्लेटलेट्स महत्वपूर्ण मानिन्छ । बोनम्यारो अर्थात नानी मासुमा बन्ने यस्ता कोषिकाले रगत बनाउने काम गर्छ ।

यदी कुनै कारणवस बोनम्यारोले प्लेटलेट्स बनाउन नसकेको अवस्थामा रगत नजम्ने र त्यसबाट रक्तश्राव हुने स्थितिको सिर्जना हुने गर्दछ । शरीरमा बोनम्यारो सम्बन्धि रोगहरु -ल्युकेमिया, लिम्फोम, माइलोमा, माइलोडिसप्लास्टिक, माइलाबाइबोसिस) भएमा पनि प्लेटलेट्सको उत्पादनमा कमी भई थ्रोम्बोसाइटोपेनिया हुने गर्दछ । इम्यून थ्रोम्बोसाइटोपेनिया प्लेटलेट्स सम्बन्धि रोग हो ।

मानिसको रगतमा विभिन्न कारणले प्लेटलेट्सको कमी  हुने गर्दछ । आणुवंशिक रोग, रक्त क्यान्सर, किमोथेरापी, विभिन्न औषधीको प्रयोग, विभिन्न रोगको संक्रमणका कारण पनि शरीरमा प्लेटलेट्सको कमी हुने गर्दछ । शरीरमा प्लेटलेट्सको कमी भएमा शरीरबाट रक्तश्राव हुने गर्दछ । यस्ता रक्तश्रावलाई  समयमै नरोके शरीरमा रगतको कमी भई ज्यान समेत जान सक्छ ।

के छ त उपचार ?
शरीरमा शरीरमा प्लेटलेट्को कमी हुनु खानपानसित नहुने भएकोले, प्लेटलेट्सको कमी हुने व्यक्तिलाई औषधीद्धारा वा शरीरमा प्लेटलेट्स चढाएर पनि उपचार गर्न सकिन्छ । तर कुनै पनि रोग लाग्नु भन्दा नलाग्नुु नै बेस भएकोले यस्ता समस्या भएकाले विशेष सावधानी अपनाउन जरुरी छः

बच्ने उपाय
-चोटपटक लाग्न नदिने

-धारिलो हतियारको प्रयोग नगर्ने

-चोटपटक लाग्ने खालका खेलकुदमा भाग नलिने

तपाईको प्रतिक्रिया