Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – नवजात शिशुलाई आमाको दूधजत्तिको स्वस्थकर अरू केही पनि हुँदैन । निश्चित समयसम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्ने हुन्छ ।

आमको दूधले शिशुमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै वृत्तिविकासमा पनि ठूलो भूमिका खेलेको हुन्छ । यदि दूध स्वस्थकर भएन भने चाहिँ शिशुमा थुप्रै शारीरिक समस्या देखिन सक्छन् । त्यसैले दूध स्वस्थकर छ-छैन भन्ने थाहा पाएर मात्र बच्चालाई पिलाउनुपर्दछ ।

-आमाको दूध बिग्रिएको छ वा छैन भन्ने थाहा पाउनका लागि यसको गन्धलाई विशेष ध्यान दिन जरुरी हुन्छ । यदि दूधबाट गन्ध आएको छ भने त्यस्तो दूध बिग्रेको हुन्छ । आमाको दूधमा पौष्टिक तत्व नभएको अवस्थामा पनि गन्ध आउने गर्दछ ।

-अरू दूधजस्तै आमाको दूध पनि बिग्रिएको खण्डमा जम्ने गर्दछ । यद्यपि, दूधको माथिल्लो भागमा केही तैरिएको हुन सक्छ । त्यो फ्याट पनि हुन सक्छ । तर, त्यसलाई घुलाउँदा पनि कुनै पदार्थ तैरिरह्यो भने चाहिँ बिग्रिएको हुन सक्छ ।

-दूधको गुणस्तर जाँच्नका लागि चाख्न पनि सकिन्छ । चाख्दा सामान्य स्वाद भएमा दूधमा खराबी छैन भन्ने बुझ्नुपर्छ । यदि अमिलो स्वाद आएमा भने बिग्रिएको मान्नुपर्छ । यस्तो प्रकृतिको दूध शिशुले चुस्न पनि इन्कार गर्छ । यस्तो अवस्थामा जबर्जस्त दूध चुसाउनु हुँदैन ।

-कतिपय अवस्थामा आमाको दूध स्टोर गरेर पनि खुवाउनुपर्ने हुन्छ । यसरी दूध स्टोर गर्दा भने ध्यान पुर्‍याउन जरुरी हुन्छ । खासमा आमाको दूध चार घन्टाभन्दा बढी समय स्टोर गरेमा बिग्रन थाल्छ ।

तपाईको प्रतिक्रिया