Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – आलुलाई तरकारीको राजा मानिन्छ । विश्वभरि तरकारीको रूपमा जति आलुको उपयोग हुने गर्छ त्यति सायदै कुनै अर्को तरकारीको हुन्छ । आलुलाई सदावहार तरकारीकै मात्र दर्जा प्राप्त छैन, यसमा विलक्षण औषधीय गुणसमेत छ ।

आलुको प्रकृति शुष्क र न्यानो हुन्छ । यसमा थुप्रै पौष्टिक तत्त्व पाइन्छन्, जो हाम्रो शरीरको लागि आवश्यक हुन्छन् । आलुमा क्याल्सियम, फलाम, भिटामिन बी र फस्फोरस धेरै मात्रामा हुन्छ । यसैले आलुलाई पूर्ण आहारा भनिन्छ । स्वास्थ्यका दृष्टिले आलु अति उपयोगी हुन्छ । आलु खाइरहे रक्तवाहिनीहरू धेरै उमेर सम्म लचिलो बनिरहन्छन् । यसैले भनिन्छ- आलु नियमित खाए दीर्घायु पाउन सकिन्छ ।

स्पेनका अनुसन्धानकर्ताहरूको अनुसार, आलु खाने व्यक्तिहरू रोगव्याधिसँग भिड्ने सामथ्र्य बढ्छ । आलुलाई अनाजमा पुरक आहाराको स्थान प्राप्त छ । आलु जुन किसिमको भए पनि त्यसलाई शीतल, मलरोधक,मधुर, गरिष्ठ, मलमूत्र उत्पन्न गराउने, रुक्ष र रक्तपित्त हटाउने मानिन्छ । आलु कफ र वायु गर्ने, बलप्रद्, वीर्यवर्धक र अल्प मात्रामा अग्निवर्धक समेत छ ।

अति परिश्रमका कारण निर्बल भएका रक्तपित्तले पीडित, अधिक मद्यपान गर्ने, तीव्र जठराग्नि भएकाहरूको लागि आलु अत्यन्त पोषक हुन्छ । आलुमा १.६ प्रतिशत प्रोटिन, २२.९ प्रतिशत कार्बोहाइड्रेट, ७४.७ प्रतिशत पानी, ०.०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ । प्रति सय ग्राम आलुमा भिटामिन ए ४० आईयू र फलाम ०.७ मिलिग्राम पाइन्छ ।

वैज्ञानिकहरूका अनुसार, आलुको बोक्रा ताछ्दा केही पोषक तत्वसमेत वाहिरिन्छ । आलुलाई उमाले पछि बाँकी रहेको पानीमा पनि भिटामिन हुने भएकोले त्यसलाई फयाँक्नुको सट्टा साग–तरकारी वा दालमा मिसाएर खानुपर्छ । आलुको नियमित प्रयोगले रोग प्रतिरोधक शक्तिमा वृद्घि हुन्छ । स्तनपान गराउने आमाले आलु खाइरहे दूधको मात्रा बढ्दै जान्छ । आलुका थुप्रै औषधीय प्रयोगसमेत छन् । आयुर्वेदिक प्रयोगहरूका अनुसार आखाको तल भएको कालो घेरा हटाउन आलुलाई पिँधेर आँखाको चारैतिर लगाउनुपर्छ ।

आलुमा पाइने पोटेसियम साल्टले अम्लपित्त रोक्न काम गर्छ । यसले अम्लियतालाई रोक्छ । मृगौलाको पत्थरी हुँदा आलुको सेवन गर्नाले थुप्रैलाभ पाइन्छ । पत्थरीका रोगीको लागि आलु सेवन लाभकारी मानिन्छ । कतिपय समय चोटका कारण रगत जमी नीलो हुने गरेको छ । यस्तोमा काँचो आलु पिँधेर लगाउनाले फाइदा पुग्छ ।

चर्को घाम वा लूले डढेको छालामा काँचो आलुको रस लगाउनाले छालामा निखार आउँछ । कालोपोतो, चाउरी आदिमा आलुको रस लगाउँदा फाइदा पुग्छ । –एजेन्सी 

तपाईको प्रतिक्रिया